Subscribe Us

पाँचखालमा पनि अवैध इँटा उद्याेग बन्द गर्दै नगरपालिका


काभ्रेपलाञ्चोक मापदण्डविपरीतका इँटा उद्याेग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेसीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता गरेको थियो । 

पाँचखाल नगरपालिकाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने,  “मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नतिर लाग्छौँ ।

पाँचखाल नपाको वडा नं ७, , ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्याङ्कन (आईइइ) अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेको नगरप्रमुख खरेलले जानकारी दिए । उनले भने, मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कुर्यैं, तर अहिलेसम्म नआउँदा हामीले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।

नपाले तयार पारेको वातावरण ऐनमा नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छभनिएको छ । ऐनको नाम पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन२०७५राखिएको छ । 

यसअघि बिहीबार मात्रै पाँचखालस्थित एक इँटा उद्योगको पर्खाल भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका१ का ज्ञानबहादुर परियारकी तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको थियो भने थप दुइ घाइते भएका छन् । 

Post a Comment

0 Comments