Subscribe Us

हेल्थ असिस्टेन्टद्वारा स्वास्थ्य मन्त्रालय घेराउ


काठमाडौँ, २४ पुस । हेल्थ असिस्टेन्ट नेपाल हानले स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा स्वास्थ्यका दरबन्दी संरचना तयार गर्दा आफ्ना मागलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको छ ।

हानले मन्त्रालयको मूल ढोकामा धर्ना दिएर आफ्ना माग सम्बोधन गर्न दबाब दिएका थिए । संस्थाका प्रमुख मागमा कर्मचारीलाई कार्य जिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश अथवा लोकसेवा आयोगको प्रक्रियामा बढुवा भएबमोजिम नियुक्ति पत्रमा उल्लिखित पदअनुसार गर्नुपर्ने, विशेषगरी स्थानीय तहमा कर्मचारी समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी तहगत निर्देशनमा कुनै असर नपुग्ने गरी सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लिखित पदअनुसार मात्र गर्नुपर्ने रहेका छन् ।

यसैगरी स्थानीय तहका लागि प्रस्तावित सङ्गठन संरचनामा शाखा, उपशाखा तथा इकाई प्रमुखमा वर्गका आधारमा तहगत पदीय ज्येष्ठता हुनुपर्ने, सङ्घीय निजामती सेवाको गठन, संरचना र सेवाको सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा अन्तर सेवा तथा अन्तर प्रादेशिक लोक सेवा आयोगकमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने र कर्मचारीको शैक्षिक अध्यापनलाई ध्यान दिनुपर्ने रहेका छन् ।

Post a Comment

0 Comments