Subscribe Us

आईए पासलाई डिएसपी चाहिएपछि...

काठमाडौं । गत साता नेपाल प्रहरीको नियमावली संशोधन भएपछि  बढुवाको ढोका खुलेको छ । प्रहरीमा एक डीआइजी सहित १५ एसएसपी ३१ एसपी र ६५ डिएसपीको पद रिक्त छ । 

नियमावली संशोधनसँगै एसपीको बढुवा अवधि चारबाट घटाएर तीन बनाएसँगै अब प्रहरीमा प्रहरी निरक्षक देखि डिआईजीसम्मको बढुवा चाँडै हुन्छ । अरु बढुवाको हकदार नियमबमोजिम नै भएपनि रिक्त ६५ डीएसपी पदको बढुवामा भने आईए पास भएका इन्स्पेक्टरहरू समेत दैडधुपमा लागेका छन् । 

०६४ का फ्रेसका ईन्सपेक्टरलाई बाधा पुग्ने गरी बढुवाको दौडमा नेताका घरमा पुग्न थालेका छन् । स्रोतका अनुसार आईए मात्र पास भएका इन्स्पेक्टरहरू प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव बिष्णु पौडेलदेखि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, अख्तियार प्रमुख नबिन घिमिरे र गृहसचिव प्रेम राईको दैलो चर्हान पुगेका छन् । 

अख्तियारमा कार्यरत शिव बस्नेत, बलराम खत्री, आईजी निवासका गोविन्द कार्की कर्मचारी प्रशासनका पुरुषोत्तम राउत कुनै पनि हालतमा फ्रेसकालाई बिगारेरै भए पनि बढुवा हुने लाईनमा लागेका छन् । बस्नेत र खत्री अख्तियार प्रमूखलाई मिसयुज गर्ने लाईनमा छन् भने कप्रका राउत आफ्नो कासामु आफैं हेर्दै कुनै पनि हालतमा बढुवा हुन्छु भन्दै बसेका छन् । उता निवासमा कार्यरत कार्की भने महेश बस्नेतको नाम बेच्दै आईजीलाई प्रभाबमा पार्न खोजेका छन् । तर आईजी खनाल भने कुनै पनि हालतमा जुनियरलाई बढुवा नदिनृे पक्षमा छन् । । यी चारै जना प्रहरीमा विवादित प्रहरी अधिकृतका रुपमा परिचित छन् । 


Post a Comment

0 Comments