Subscribe Us

यस्तो हट अवतारमा सम्पदाको रोमान्स


काठमाडौँ, २५ पुस । थुप्रै सुन्दर गीतहरु बजारमा दिइसकेका गीतकार कुमार मिश्रको सुन्दर शब्दमा फेरी अर्को नया गीत सार्वजनिक भएको छ । ” यो मौसम” बोलको रोमान्टिक गीतमा कर्म ग्याल्चन बोम्जनको संगीत रहेको छ भने सहस शाक्यले गीतलाई अरेन्ज गरेका छन् । गीतमा तारा तिवारी र निकिता थापाको सुमधुर स्वर समावेश रहेको छ ।

मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादनमा यस गीतको म्युजिक भिडियो तयार भएको छ । कृष्णराज अधिकारीको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम दाहालले निर्देशन गरेका हुन् । भिडियोमा महेश, सम्पदा र रमेशको अभिनय रहेको छ ।

गीतको भावलाई मध्य नजर गरेर भिडियो बनाउने कोशिश निर्माण पक्षले गरेको छ । सुन्दर दृष्यांकन र रोमान्टिक कन्सेप्ट साथमा मोडल सम्पदाको हट अवतार यो सबैको समायोजनले भिडियो आकर्षक बनेको छ ।

Post a Comment

0 Comments