Subscribe Us

जिपि कोइराला फाउण्डेशन अमेरिकाको अध्यक्षमा घिमिरे, को हुन् घिमिरे ?


काठमाडौँ, ७ माघ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन उत्तर तथा दक्षिण अमेरिकाको अध्यक्षमा सोमनाथ घिमिरे हुनुभएको छ ।

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जिपी कोइराला फाउण्डेशनको अध्यक्षमा  घिमिरे हुनुभएको हो ।

फाउण्डेशनका संस्थापक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले घिमिरेलाई उत्तर तथा दक्षिण अमेरिकाको अध्यक्षको जिम्मेवारी दिनुभएको हो । उहाँको कार्यक्षमता र कुशलताका कारणले नै घिमिरेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

को हुन् घिमिरे ?

नेपाली जनसम्पर्क समिति अमेरीका न्युर्योक च्याप्टरको संस्थापक सभापती घिमिरे झण्डै तीन दशकदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । नेपालमा रहदा विसं २०४४ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिनुभएका घिमिरेले नेपालको प्रजातन्त्र बलियो बनाउन सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।

विस २०४६ सालको जनआन्दोलमा नेपाल विद्यार्थी संघ आदर्श रात्री क्याम्पस मारङको महासचिव हुनुभएका उहाँले विद्यार्थी भएर पञ्चायती व्यवस्थाका विरुद्धमा अग्र पंक्तिमा उभिएर लड्नुभएको थियो । काँग्रेस नेत्री एवं पूर्वमन्त्री स्व शैलजा आचार्यको साधिन्यतामा बसेर प्रजातान्त्रिक आन्दोलनमा होसमनुभएका उहाँ सन् १९८० को दशकदेखि अमेरिकामा बसेर लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउन काम गर्दै आउनुभएको छ ।

लागार्डिया कलेज अमेरिकाको विद्यार्थी हुँदा नेपाली युथ क्लब स्थापना गरेर संस्थापक सभापतिको भूमिका निर्वाह गर्नुभएका घिमिरेले  नेविसंघ अमेरिका क्यानडाको संस्थापक सभापति, नेपाली जनसम्पर्क समिति न्यूयोर्कको संस्थापक सभापतिको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।

Post a Comment

0 Comments