Subscribe Us

पूर्वप्रहरीको सीप, ज्ञान कौशल अत्यावश्यकः महानिरीक्षक खनाल


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदायप्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन तथा समाजमा हुने अपराध नियन्त्रणमा पूर्वप्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा खनालले समुदायप्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन पूर्वप्रहरीको सीप, ज्ञान कौशल आवश्यक रहेको बताएका हुन् । 

महानिरीक्षक खनालले अपराध अनुसन्धान, कानून कार्यान्वयन, नागरिक सेवाजस्ता कार्यलाई उच्च नैतिकता एवं उत्कृष्टरुपमा काम गरी आफ्नो भूमिका निर्वाह गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गरे । सङ्गठनलाई थप कानूनसम्मत, निर्भिक, निष्ठापूर्ण र इमान्दार बनाउन सम्पूर्ण पूर्व प्रहरीको समेत सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठले पूर्वप्रहरीले हासिल गरेको ज्ञानलाई समाजसेवामा लगाउँदै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताए । कार्यक्रममा आगामी कार्ययोजना, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त अवसरमा कानूनशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्ने प्रहरी उपरीक्षक गणेश रेग्मी र ७५ वर्ष माथिका पूर्वप्रहरी उपरीक्षक श्यामकुमार तामाङ, पूर्वप्रहरी हबल्दार वीरबहादुर राउत र गन्जेरप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।


Post a Comment

0 Comments