लमजुङ लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

बेंसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् । यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो । 

Post a Comment

 
Top