Subscribe Us

नेपाल महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधि नजिक, इन्डाेनेसियाविरूद्ध कीर्तिमानी जित


काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि२० स्म्यास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन् । यस्तै इन्दु बर्मा ३७ अविजित रहेकि थिइन् ।


१ सय २० रनको लक्ष्यका साथ मैदानमा उत्रिएको इन्डोनेसिया २७ रन बनाउँदा अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक
एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह बीको उपविजेता बनेको थियो । 

एघार रन बनाउँदा पहिलो विकेट गुमाएको इण्डोनेसियाले दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो ।



सेमिफाइनलको यस जित नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । त्यस्तै सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो । यसअघि सीतालेनै युएईसँग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो । नेपालले शनिबार हुने फाइनल दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ ।

Post a Comment

0 Comments