Subscribe Us

पाँचखालमा इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु, २ गम्भीर घाइते

काभ्रे काभ्रे जिल्लाको पाँचखालमा इँटा उद्योगको पर्खाल भत्कँदा २ बालबालिकाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल भत्कँदा पुरिएका ४ मध्ये दुइ बालबालिकाको मृत्यु भएको हो भने अन्य २ घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका१ का ज्ञानबहादुर परियारकी तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी सहायक निरीक्षक हितबहादुर कटुवालले जानकारी दिए । पर्खाल भत्कँदा घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी रोल्पा मारीगाउँ गाउँपालिका३ का बाबुराम घर्तीको तीन वर्षीया छोरी झरना र भारतको दरभङ्गा जिल्ला प्रितिपरककी ३५ वर्षीया सीता पासवान घाइते भएका छन् । झरनाको टाउकामा पासवानको छातीमा चोट लागी गम्भीर अवस्थामा धुलिखेल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments