Subscribe Us

राजधानीको टोखाबाट १५ जुवाडे पक्राउ


काठमाडौं । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले टोखास्थित निजी कोठामा जुवा खेलीरहेका १५ जनालाइ पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गोंगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वको टोलीले टोखा नगरपालिका१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान तास र नगद पाँच लाख ३५ हजार ८४० सहित बुधबार राति ९ बजे उनीहरूलाइ पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् । 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ । 

Post a Comment

0 Comments