Subscribe Us

मेची पर्यटकीय महोत्सव सम्पन्न


इलाम, १७ पुस । मेचीका चार जिल्लाको पर्यटकीय स्थल र सांस्कृतिक विषयको प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ५ गतेदेखि शुरु भएको मेची पर्यटकीय क्षेत्र महोत्सव आज सम्पन्न भएको छ ।

महोत्सवको समापन अवसरमा प्रदेश नं १ का उपसभामुख सरस्वती पोख्रेलले पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गर्न सबै जुट्नुपर्ने बताउनुभयो ।

मेची क्षेत्र पर्यटन प्रवद्र्धन समितिका महासचिव देवी पौड्यालले आउँदा चार वर्षसम्म वर्षेनी मेचीका चार जिल्लामा हुने यो महोत्सव आउँदो वर्ष ताप्लेजुङमा गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो ।

महोत्सवमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राम्हण जातिका जातीय वेशभूषा र बाजागाजासहित पदयात्रा निकालिएको थियो । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सन्थाल नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरीसमेत प्रदर्शन गरिएको थियो ।

व्यापार पक्ष कमजोर

पर्यटकीय महोत्सवमा व्यावसायिक पक्ष भने कमजोर देखिएको छ । अपेक्षाकृत पर्यटकको आवागमन नभएकाले महोत्सवमा राखिएका कक्षमा भने कारोवार कम भएको हो । महोत्सवको व्यवस्थापकीय पक्ष कमजोर भएकाले प्रदर्शनी कक्षको कारोबारबाट लागतसमेत नउठेको सुलुबुङका किवी किसान गोपाल खतिवडाले गुनासो गर्नुभयो । 

Post a Comment

0 Comments