Subscribe Us

बंगलादेशमा सन्दीपको शानदार बलिङ

ढाकामा बलिङभन्दा ब्याटिङ पहिले

ढाका । बंगलादेश प्रिमियर लिगमा सन्दीपले शानदार सुरुवात गरेका छन् । आइतबार सम्पन्न पहिलो खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिएर २ विकेट हात पारेका छन् । उनले कमिल्ला भिक्टोरियन्सका स्टार ब्याट्सम्यान एवं पाकिस्तानका पूर्व कप्तान सोयब मल्लिकको विकेट हात पारे भने अर्को ओभरमा अनामुल हकलाई बोल्ड गरे ।

त्यसपछि आएका पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले सन्दीपको ४ बल डट खेलेका थिए । सन्दीपकाे टिम सेलियथ सिक्सकले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय २७ रन बनाएर १ सय २८ रनकाे टार्गेट दिएको थियो ।
साे खेलमा सन्दीपले पनि ब्याटिङ गर्दै २ बलमा १ रन बनाएका थिए ।


Post a Comment

0 Comments