Subscribe Us

समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन, १९ हजार ८ सय समायाेजन राेज्न तयार


काठमाडौं । कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी
अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १ सय ३० जनाले नाम दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । 

उनका अनुसार तीमध्ये १९ हजार ८ सय ६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २ सय ६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ ।

सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा सहयोगी कक्षसञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताइन् ।

Post a Comment

0 Comments