Subscribe Us

गोङ्गबुमा गोली चल्याे, प्रहरीको गोली लागेर एक घाइते


काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित मित्रनगरमा प्रहरीको गोली लागेर मंगलबार एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । 

उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको लामाले बता। खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताए । उनको विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ । 


Post a Comment

0 Comments