Subscribe Us

जवाफी कारबाहीमा मोस्टवान्टेड सूचीका अपराधी सहनीको मृत्यु


भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तस्करी नियन्त्रणको लागि सादा पोशाकमा हिडेको टोलीमाथी गोली प्रहार गर्ने नेपाल प्रहरीमा मोस्ट वान्टेड सूचीमा रहेका केदार सहनीको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ । 

सिद्धार्थनगर नगरपालिका१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि गएराती करिब ११ बजे गोली प्रहार भएपछि जवाफी कारबाहीमा सहनीको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए ।
युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनले प्रहरीमाथि गोली चलाएपछि तत्कालै जवाफी कारबाही गरिएको थापाले जनाए। प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो मृतकको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र केही थान गोली र मोटरसाइकल बरामद गरेको छ । एसपी थापाका अनुसार उनले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।


Post a Comment

0 Comments