Subscribe Us

नेपालको उपाधि यात्रामा थाइल्यान्ड बाधक, फाइनलमा थाइल्यान्डसँग ७० रनले पराजित


बैंकक । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको  फाइनलमा नेपाली महिला टिम ७० रनले पराजित भएको छ । शनिबार थाइल्यान्डको बैंककस्थित मैदानमा टस जितेर बलिङ रोजेको नेपाललाई थाइल्यान्डले १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा नेपालले १७.२ ओभरमा ५१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

थाइल्यान्डका लागि नाथचन चनथमले ६९ रनको महत्वपूर्ण पारी खेलेकी थिइन् भने नरुमोल चवाई ले २७ र चानिदा सुथिरङले अविजित १९ रन बनाएका थिए । थाइल्याण्डले आप्mनो १ मात्र विकेट टिमको स्कोर ९४ रन हुँदा गुमाएको थियो । त्यसपछि थाइल्याण्डले १९ औं ओभरमा १३ रन बनाएर नेपाललाई मध्यम तर उत्कृष्ट लक्ष्य प्रस्तुत गरेको थियो ।

त्यसपछि १ सय २२ रन लक्ष्य पाएको नेपालले प्रारम्भिक ब्याट्सवुमन काजल श्रेष्ठ १ रन बनाउँदा रन आउट भएकी थिइन् । त्यसपछि ब्याटिङका लागि आएकी इन्दु बर्माले खाता पनि नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । त्यसपछि ब्याटिङका लागि आएकी नेरी थापासँग सिता राना मगरले केही सम्हालिएको प्रदर्शन गरेपनि सीता व्यक्तिगत १३ रन बनाएर आउट भएकी थिइन् ।

त्यसपछि आएका नेपाली ब्याट्सवुमनहरु सस्तैमा आउट हुन थालेपछि नेपालको जितको सम्भावना न्यून बनेको थियो । नेपालका लागि रोमा थापा २, सरिता मगर ५, रुविना क्षेत्री ६ रनमा आउट भएका थिए । त्यसपछि नेरी थापा व्यक्तिगत १७ रन बनाउँदै एलबीडब्लू धरापमा परेपछि नेपालको जितको आशा लगभग समाप्त भएको थियो । त्यसपछि खेलको १६औं ओभरमा नेपालले लगातार २ विकेट गुमाएपछि नेपालले ४९ रनमा ६ विकेट गुमाएको नेपालले ५१ रन बनाउँदा थप ४ विकेट गुमाएको थियो ।

यसअघि सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो भने थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो ।

Post a Comment

0 Comments