Subscribe Us

बौद्धबाट २१ जुवाडे प्रहरी नियन्त्रणमा

साँखु महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो । 

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।

Post a Comment

0 Comments