Subscribe Us

घट्यो इन्धनको मूल्य, अब पेट्रोलको १०८ र डिजेलको ९५ रूपैयाँ प्रति लिटर

काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र

मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । तर, खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्यमा भने निगमले कुनै परिमार्जन गरेको छैन । यसअघि पेट्रोलको ११०, डिजेल र मट्टीतेलको ९७ रूपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको निगमले जनाएको छ ।


Post a Comment

0 Comments