Subscribe Us

वर्षकै सबैभन्दा बढी परिमाणको चरेस प्रहरी नियन्त्रणमा, कन्टेनरसहित दुई भारतीय पक्राउ


धादिङ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोले बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा वर्षकै सबैभन्दा बढी परिमाणको चरेस पक्राउ गरेको छ । बिहीबार बिहान धादिङको गजुरीबजार नजीकै एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा खानतलासी गर्दा २ सय ३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीयलाई पक्राउ गरेको हो । 

काठमाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको भन्ने सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

उनीहरूले उक्त चरेस कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ गरेको लागुऔषध चरेस यस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । 


Post a Comment

0 Comments