Subscribe Us

टिपर व्यवसायप्रति श्रसित छौँ : उपाध्यक्ष श्रेष्ठ



काठमाडौँ, १५ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालवाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले टिपर व्यवसायप्रति श्रसित भएको बताउनुभएको छ ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष श्रेष्ठले आज एक विज्ञप्ती जारी गरी सोमबार झण्डै एक दर्जन टिपर जलेको घटनाले आफुलाई दुखित बनाएको बताउनुभयो ।
“टिपरको ठक्करबाट बालिका मृत्यु भएको घटनाले हामी दुखित छौँ, वार्ताको माध्यामबाट घटनाको समाधान गर्नुपर्ने हो तर एक्कासी झण्डै एक दर्जन टिपरमा आगो लगाउनुले व्यवसायलाई श्रसित बनाएको छ,”–उहाँले भन्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले मृतक बालिकाको मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मान्छेको ज्यानको मुल्य अरु केही हुन नसक्ने उहाँको भनाई छ ।

उहाँले व्यवसायको शिलशिलामा अन्य सवारी साधन जलाएका सवारी साधनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले सरकालाई क्षतिपूर्ती माग समेत गर्नुभएको छ ।

Post a Comment

0 Comments