Subscribe Us

‘हामी सबैको यातायात प्रालि’ले दुई महिनाभित्र १३ बस थप्ने


काठमाडौँ, २४ पुस । ‘हामी सबैको यातायात प्रालि’ले उपत्यकामा दुई महिनामा १३ बस थप गर्ने भएको छ ।

प्रालिको पहिलो साधारणसभाका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा यात्रुलाई सहज रुपले गन्तव्यस्थलसम्म लैजानका लागि उक्त बस थप गर्न लागेको जानकारी दिइएको हो ।

यातायात प्रालिका अध्यक्ष मोहनकुमार सापकोटाले यात्रुको आवश्यकतालाई हेरेर बससेवा थप गर्न लागेको जानकारी दिनुभयो । “दुई वर्षभित्र एकसय बस सञ्चालन गर्ने लक्ष्यका साथ प्रालिले काम गरिरहेको छ,”–उहाँले भन्नुभयो ।

उक्त प्रालिले ललितपुरको लामाटारदेखि काठमाडौँ बुढानिलकण्ठसम्म हाल २३ वटा बस सञ्चालन ल्याएको छ । उक्त साधारण सभाको अवसरमा सापकोटाको अध्यक्षतामा दिलकुमार लिम्बु, श्रीहरी कोइराला र नेत्रकुमार श्रेष्ठ सञ्चालक रहेको समिति समेत गठन गरेको छ ।

कार्यक्रममा ग्याँस तथा मझौला यातायात महासंघका अध्यक्ष निरकुमार कार्कीले छोटो समयमा उक्त यातायातले यात्रुलाई राम्रो सेवा दिएको बताउनुभयो । “यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसायी र मजदुर एक हुनुपर्छ,”–उहाँले भन्नुभयो ।

यातायात क्षेत्रमा छोटो समयमा उपलब्धि हासिल गरेको यातायात सरकारले सिण्डिकेट अन्तको घोषणा लगत्तै कम्पनिमा दर्ता भएर सञ्चालनमा आएको हो ।

Post a Comment

0 Comments