Subscribe Us

चलचित्र चलाउने इन्जिन

कस्तो चलचित्र सफल हुन्छ ? यसको बनि बनाउ जवाफ हुन्छ राम्रो ! तर राम्रो भित्र धेरै कुरा रहन्छ । एउटा रामे चलचित्र बनाउन त्यस भित्रका सबै कुराको मिलावट उपयुक्त हुन जरुरी छ । चलचित्र एक सामाजिक क्यान्भास हो । चलचित्रले कुनै पनि समाज र देशको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत विविध पक्षको उठान गर्दछ । चलचित्रलाई त्यस्तो दर्पण मानिन्छ जसले समाज र सामाजिक घटनाक्रमको स्पष्ट तस्वीर प्रस्तुत गर्दछ । चलचित्र मार्फत कल्पनशीलताको उच्च परिकल्पना पनि सम्भव गराइन्छ तर ज्यादादर चलचित्र सामाजिक यथार्थको धेरै थोरै नजिक नै हुन्छन् ।

कतिपय विश्लेषकहरु चलचित्रलाई साहित्यको उच्च विन्दु मान्दछन् भने कोही यसलाई समाजशास्त्रको परिस्कत नमूना भन्दछन् । सबैको सहमती एक कुरामा भने मिल्न पुग्दछ कि चलचित्रले धेरैजसो सन्दर्भमा सामाजिक धारणा निर्माण गर्न र सामाजिक मूल्य र मान्यताको पैरवी गराउन भूमिका खेल्न सक्दछ । विभिन्न अनुसन्धानहरुबाट के कुरा पुष्टि भइसकेको छ भने मानिसले पढेको कुरा वा सुनेका कुराहरु बिर्सन सक्दछ तर हेरेका कुरा र महशुस गरेको विचार हत्तपत्त भुल्दैन । त्यसैले चलचित्रको प्रभावकारिता फराकिलो र दिगोपना युक्त हुन्छ । विश्व चलचित्रको विकासत्रमलाई हेर्ने हो भने ती सबै चलचित्रले समय समयका घटनाक्रम र विचारलाई दस्तावेजीकरण गरेको देखिन्छ । यसबाट पनि पुष्टी हुन्छ कि चलचित्र समाजको जीवन्त दर्पणको पहरेदार हो ।
चलचित्र निर्देशकलाई ‘क्याप्टन अफ द सिप’ भनेर पनि भनिन्छ । यसको अभिप्राय निर्देशकले बहन गर्ने भार र दायित्व हो । चलचित्र निर्देशक आफ्नो काम प्रति क्लियर छ भने आधा युद्ध त जितिसकेको हुन्छ । तर चलचित्र निर्देशक नै दुविधाग्रस्त भयो भने के हुन्छ ? हामीलाई थाहा छ । पछिल्ला समयका नेपाली चलचित्र दुर्घटनाग्रस्त हुने मुख्य कारण निर्देशकमा रहेको त्यही अन्यौलता हो जसले पूरै चलचित्रलाई प्रभाव पारिरहेको छ ।

चलचित्र कस्तो बनाउने भन्ने प्रश्नमा पनि बहस हुने गर्दछ जसको जवाफ पनि राम्रो नै हुन्छ र त्यस राम्रो भित्र लुक्ने जवाफ के हो भने कुनै पनि चलचित्र सफल बनाउन कथा, कलाकार, प्रविधि, समय सान्दभिक हुन जरुरी छ र त्यसभन्दा पनि जरुरी त्यस चलचित्र निर्माण गर्ने क्याप्टेन अर्थात् निर्देशक पनि अब्बल हुनुपर्दछ साथै दर्शकको माया र सद्भाव त अनिवार्य जरुरत नै हो । यसदेखि बाहेक पनि एउटा सफल चलचित्र निर्माणका लागि अन्य कुराहरु जस्तै निर्माण, चलचित्र भवन, आदि इत्यादि पर्दछन् तर मूलरुपमा चलचित्र चलाउने इन्जिनअन्तर्गत कथा, कलाकार, प्रविधि, मिहेनत आदि पर्दछन् ।

सामान्यतया हरेक चलचित्रले कुनै न कुनै खाले कथा बोकेको हुन्छ जसको मूल ध्येय समाजसम्म पु¥याउनु रहेको हुन्छ । कथा सन्देशमूलक हुनु जरुरी छ साथै यसले बोक्ने कथा समय सान्दर्भिक हुन पूरा जरुरी छ । हलिउड होस् वा बलिउड होस् वा नेपाली चलचित्र सबै चलचित्रको गाइड एउटा स्पष्ट कथाले गरेको हुन्छ । कथाको माध्यमबाट नै चलचित्रको खास मक्सद खुल्दछ । प्रारम्भमा चलचित्रको निर्माण गरिँदा आदर्शवादी कथालाई प्रधानता दिइएको थियो भने हालको समयमा यथार्थवादी कथाहरुले चलचित्र क्षेत्र अगाडि बढेको देखिन्छ । नेपालमा पनि चलचित्र निर्माणको करिब ५५ वर्ष पुग्दै गरेको यो अवधिलाई हेर्दा यो कुरा स्पष्ट गर्न सकिन्छ । माइतीघर होस् वा आमा वा त्यसपछिको मनको बाँधदेखि कुसुमेरुमाल, साइनो दक्षिणा वा बलिदान अनि दर्पण छायाँ वा आफन्त, यि सबै चलचित्रमा आदर्श वा यथार्थका ऐना देखिन्छ । नेपालमा २०६२–६३ पछि चलचित्र क्षेत्रमा बाढी नै आयो । यसपछिको करिब ७–८ वर्ष यसरी चलचित्रहरु बने जसको हेक्का कसैलाई पनि थिएन सायद ! तर संख्यात्मक रुपमा ल्याइएको यो वाढीले चलचित्र क्षेत्रमा भने खासै उत्साह देखिएन । यसको मूल कारण ती प्रायः चलचित्र कथाविहिन थिए र तिनको परिणाम निराशयुक्त रहे ।

कुनै पनि समाज वा राष्ट्र कथाविहिन हुन सक्दैन । नेपालमा पनि कथाको महासागर नै छ तर कतिपय चलचित्र निर्माणकर्ताको आँखा त्यहाँसम्म नपुगदा खडेरी र खंडार मात्र देखिन्छ । त्यसैले प्रायः निर्माता निर्देशक ४–५ वटा हलिउड र बलिउडका चलचित्रको डिभिडि बोकेर कथाकार कहाँ पुग्ने रोग कायमै छ । पछिल्लो एक दशकमा भने यो भ्रममा ठूलो ह्रास आइरहेको छ । खगेन्द्र लामिछाने, बुद्धिसागर, कुमार नगरकोटी, स्वनील स्मृति जस्ता युवा लेखकको प्रवेशले यो क्षेत्रको दशामा केही सुधार आउने अपेक्षा गर्न सकिन्छ । नेपाली चलचित्र पूरा हेर्ने भने ती भारतीय चलचित्र र केही अंग्रेजी चलचित्रबाट कसरी र कुन हदसम्म प्रभावित थिए भन्ने अड्कल गर्न सकिन्छ ।

पंक्तिकार एक कुरामा स्पष्ट गर्न चाहान्छ कुनै पनि चलत्रिबाट प्रभावित भएर सिनेमा निर्माण गर्नु कदापी गलत होइन तर, ४–५ वटा चलचित्रको नक्कल गरेर एउटा चलचित्र बनाउनु बेबकुफी शिवाय केही होइन । उदाहरणका लागि भारतमा धेरै चलचित्रहरु छन् । जुन एउटै कथामा बनेका छन् विभिन्न भाषामा र तिनको रेकर्ड राम्रो र अब्बल छ । उदाहरणका लागि हिन्दीमा वान्टेडका नाममा बनेको चलचित्र तेलगु, तमिल, कन्नड, पंजाबीमा पनि बनाइएको थियो र सबै भाषामा सुपरहिट सावित भएको थियो । त्यसै गरेर राउडी राठौड नामक चलचित्र पनि ५ विभिन्न भाषामा बनाइएको थियो भने यो चलचित्र पनि सबैतिर हिट भएको थियो । यी चलचित्र बनाउने निर्देशकले सुजबुझ कहीँ देखाए भने यसको ओरजिनल कथा जिवितै राखे चलचित्र तर हाम्रा पुराना निर्देशक निर्माता भएको भए राउडी राठौड, प्याडमान, जय हो र कल हो ना हो को ककटेल बनाउँथे अनि कसरी दर्शकको दिमाग खराब नहुनुथ्यो त ?
कुनै पनि समाज वा राष्ट्र कथाविहिन हुन सक्दैन । नेपालमा पनि कथाको महासागर नै छ तर कतिपय चलचित्र निर्माणकर्ताको आँखा त्यहाँसम्म नपुगदा खडेरी र खंडार मात्र देखिन्छ । त्यसैले प्रायः निर्माता निर्देशक ४–५ वटा हलिउड र बलिउडका चलचित्रको डिभिडि बोकेर कथाकार कहाँ पुग्ने रोग कायमै छ । पछिल्लो एक दशकमा भने यो भ्रममा ठूलो ह्रास आइरहेको छ ।
चलचित्र चलाउने अर्का प्रमुख भाग भनेको यसको प्रविधि पनि हो । नेपाली चलचित्र लिलिविलिको छायाँकनको प्रशंसा नगर्ने को होला ? आफ्नै एउटा अनुभव र पंक्तिकारलाई बाटो मुनिका फुल बारे, अरु कुरा थाहा नभए पनि यसको दृश्यांकन पूरा थाहा छ । चलचित्रमा यो कोणको पनि विशेष महत्व रहन्छ पछिल्लो समयमा नेपालमा चलेका केही चलचित्रहरु प्रायः सबैको छायाँकन उच्च कोटीको छ भन्न सकिन्छ जस्तो कि, शत्रुगते, प्रेमगीत–२, म यस्तो गीत गाउँछु, छक्का पञ्जा–३ आदि । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रवेश गरिरहेका युवा फिल्म मेकरहरु यो विषयमा संवेदनशील बन्दै आएको देखिन्छ जुन आवश्यकता थियो र यसले पूरै क्षेत्रलाई सकारात्मक दिशा दिन मद्दत गरिरहेको छ ।

चलचित्र कलाको एक उच्च श्रोत हो कुनै पनि चलचित्रलाई राम्रो बनाउन जसरी कथाको आवश्यकता पर्दछ । त्यसरी नै त्यो कथालाई सक्रिय बनाउन सक्ने चरित्र जरुरी पर्दछ । चरित्र भन्नाले कलाकार र त्यसको भूमिका । कलाकारले कुनै पनि चलचित्र राम्रो वा उत्कृष्ट बनाउन निकै मद्दत गर्दछ र त्यसका लागि उसको लगनशीलता र मेहेनत जसरी पर्दछ । हामीले अभिनयको कुरा गर्दा जसरी बलिउडमा रोबर्ट डि निरो, लियोनार्दो डिकापिरो, ब्राट पिट स्मरण गर्छौं त्यसैगरी नसरुद्धिन शाह, ओम पुरी, नवाउजद्दीन सिद्धिकी, मनोज वाजपेयी आदि हाम्रो सम्झनामा आइपुग्छन् ।

यी यस्ता नामहरु हुन् जसले चलचित्रको चरित्रलाई जिवन्तता दिने कुरामा निकै मेहेनत गरेको हामी पर्दाबाट नै महशुस गर्न सक्दछौं । कलाकारका लागि चलचित्रको संख्या कहिल्यै पनि महत्व राख्दैन र जसको लागि राख्छ त्यो कलाकारको अस्तित्व प्रष्ट देखिँदैन, जस्तै नेपालका महानायक भनिने राजेश हमाललाई हेरौं । उनले करिब २०० वा सो भन्दा बढी चलचित्रमा अभिनय गरे होलान् र तर उनी स्वयंमलाई नै उनको राम्रा चलचित्रबारे सोध्ने हो भने उनलाई ५ वटा पुर्याउन पनि हम्मे–हम्मे पर्ला ! पछिल्लो समय नेपाली चलचित्रमा पनि जीवन्त अभिनयको महत्व बुझ्न थालिएको छ जसका कारण खगेन्द्र लामिछाने, दयाहाङ राई, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्ता कलाकारहरु जन्मिरहेका छन् । नेपालमा चलचित्र बनाउन जति सजिलो छ त्यसभन्दा ५० औं गुणा अप्ठ्यारो चलचित्र प्रदर्शन गराउनुछ ।

यसको प्रमुख कारण सीमित हल पनि एक हो । नेपालभरि फिल्म चलाउन मिल्ने खाले हल ५ सय पनि छैनन् होला । अनि कसरी चलचित्रको बजार र विस्तार हुन्छ ? चलचित्र चलाउन फिल्म हल नै नभए पछि कसरी फिल्मको विकास र लगानी सुरक्षित हुन्छ ? चलचित्र क्षेत्रबारे राजधानीका चारतारे होटलमा सेमिनार गर्ने तर मोफसलमा रहेका सिनेमा हललाई व्यवस्थित नगरिँदा नेपाली चलचित्र क्षेत्र झन साँघुरो बन्दै गएको छ । सुन्दा पनि अप्ठ्यारो लाग्ने अर्का कुरा अझै पनि नेपालमा बक्स अफिसको अवधारणा प्रष्ट सुचारु भैरहेको छैन, जसका कारण चलचित्रकर्मीले आफ्नो चलचित्रले कति कमाइ गर्यो भन्ने कुरा पनि थाहा पाउँदैन । यसकारण चलचित्र प्रदर्शनमा आवश्यक पारदर्शिताको अभावले नेपाली चलचित्रमा परिवर्तन ल्याउन सकेको छैन ।

चलचित्र निर्देशकलाई ‘क्याप्टन अफ द सिप’ भनेर पनि भनिन्छ । यसको अभिप्राय निर्देशकले बहन गर्ने भार र दायित्व हो । चलचित्र निर्देशक आफ्नो काम प्रति क्लियर छ भने आधा युद्ध त जितिसकेको हुन्छ । तर चलचित्र निर्देशक नै दुविधाग्रस्त भयो भने के हुन्छ ? हामीलाई थाहा छ । पछिल्ला समयका नेपाली चलचित्र दुर्घटनाग्रस्त हुने मुख्य कारण निर्देशकमा रहेको त्यही अन्यौलता हो जसले पूरै चलचित्रलाई प्रभाव पारिरहेको छ । हलिउड वा बलिउडमा के मान्यता स्थापित भइसकेको छ भने निर्देशक र कथा दुवै राम्रो भयो भने कलाकार माथि धेरै भर पर्नु पर्दैन । हुन पनि त्यो सहि र सत्य हो । हामी कहाँ त यो विषयमा अभैm धेरे सचेत हुनुपर्ने थियो किनकी नेपालमा अहिलेसम्म स्टार कन्सेप्ट शुरु भएकै छैन । जस्तो सबैभन्दा चिनिएका भनेका नायक राजेश हमाललाई नै चलचित्र खेलाए पनि हिट हुने ग्यारेन्टी छैन । त्यसकारण निर्देशकको जिम्मेवारी धेरै चुनौतीपूर्ण र जिम्मेवारयुक्त छ ।

Post a Comment

0 Comments