काठमाडौं । महानगरीय ट्राफिक
प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । यातायात
व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २
बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले
सोहीअनुसार कारवाही गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले
जानकारी दिए ।
उवर, टुटल, पठाओलगायतका
मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा
मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६,
बा ३५ प ८०३४,
बा ९३ प ८५१९,
लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प
६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरेको छ । पन्तले निजी सवारी साधनले
पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिए ।
कारवाही गरिएका मोटरसाइकल चालकलाई रु एक हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ ।

0 Comments