Subscribe Us

आइजीद्वयमाथि संगठनभित्रैबाट नियोजित प्रहार


अवकाशको मिति पर्खन छाडेर एक साता भए पनि आइजी बन्छु भन्ने केही उच्च प्रहरी अधिकारीले सपना देख्न नछाडेसम्म दुवै संगठनका आइजीमाथि प्रहार भइरहन्छ

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख माथि नियोजित प्रहार भईरहेको रहस्य खुलासा भएको छ । संगठन प्रमुखलाई बदनाम गराएर कमजोर बनाउने खेलमा संगठन
भित्रकै अधिकारीको हात रहेको छ ।

नियोजित रुपमा संगठन प्रमुखका गलत र भ्रामक समाचार लेखाउने र राजनीतिक वृत्तमा समेत प्रमुखले मनपरी गरेको भन्दै गुनासो गर्न पुग्ने अधिकृतका कारण प्रहरीका दुवै संगठनका प्रमुखले राम्रोसँग काम गर्न पाएका छैनन् । दुवै संगठन प्रमुखले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएपछि खान नपाएका प्रहरीका हाकिम यतिखेर प्रहरी प्रमुख परिवर्तन गर्नका लागि बदनाम गराउँदै आएको स्रोत बताउँछ ।

स्रोत भन्छ,‘आफंै आइजी हुन खोज्ने, फलानोलाई आइजी बनाउन पाए हालीमुहाली गर्न पाईन्थ्यो भन्ने समूहको जगजगीका कारण प्रहरी संगठन कमजोर बन्दै गएको छ । यहि समूहले सञ्चारमाध्यमको दुरुप्रयोग गरेर संगठन प्रमुखको बदनाम गराउने दुस्साहस गर्दै आएका छन् ।
गत एक महिनाको अवधिमा नेपाल प्रहरीका आइजी सर्वेन्द्र खनाल र सशस्त्रका शैलेन्द्र खनालले सवारी साधानको दुरुपयोग गरेको भन्दै बिभिन्न संञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । सो बिषयमा दुबै संगठनले गाडीको दुरुप्रयोग नगरेको भन्दै बिज्ञप्ती समेत निकालेको थियो । तर गाडीको दुरुपयोग भनेझंै कुन गाडी कसले चढेर दुरुपयोग भएको भन्ने कुरा उल्लेख छैन ।

आइजीको सचिवालयमा कार्यरत प्रहरी अधिकृतले नै प्रयोग गर्दै आएको गाडीलाई समेत आइजीले गाडीको दुरुपयोग गरेको भनेर समाचार लेखाउने भनेको संगठन प्रमुखको बदनाम गर्ने शिवाय अरु केही नभएको जिम्मेवार प्रहरी अधिकारीहरू बताउँछन् । बदनाम गर्ने कुनै बिषय नपाएपछि दुबै संगठनका आइजी बिरोधीले गाडीको कुरा निकालेको बताइन्छ ।

उता बलात्कार पश्ताच हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त काण्ड चर्काएर आइजीपीको कुर्सी ताक्ने एक गुट प्रहरीभित्र चलायमान छ । आइजी सर्वेन्द्र खनाललाई कनै पनि हालतमा फ्याँकेर आफू आइजी बन्ने दौडमा केही उच्च प्रहरी अधिकृत लागेको खुलासा भएको छ । आफू निकटलाई ति अधिकारीले दुई महिनाभित्र नेपाल प्रहरीको आइजी मै हुँ भन्दै आफ्नो बसमा राखेका छन् भने आफू बिरोधीलाई म पनि पोजिशनमै छु याद गर भन्दै थर्काउने गरेका छन् । जसका कारण प्रहरी भित्र अन्योल छाएको छ ।

निहित स्वार्थ पूरा गर्न केही अधिकारी आइजी फ्याक्ने र आइजी बन्ने होडबाजीमा लाग्दै आएको कारण प्रहरी संगठन कमजोर बन्दै गएको छ भने संगठनका अधिकांश सदस्यको मनोबल घटाउने काम भईरहको छ ।

नेपाल प्रहरीमा र सशस्त्र प्रहरीमा केही अधिकारी जागिरको एक साता मात्र भए पनि आइजी फ्याकेर आफै आइजी बन्ने दौडमा लागेको कारण राज्यका दुई सुरक्षा निकाय कमजोर बन्दै गएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने र राज्यको प्रतिनिधित्व गर्ने प्रहरी संगठनलाई कमजोर बनाउने काम सरकार र त्यहि संगठनका धमिरा सदस्य रहेको बताइन्छ ।

चेनअफ कमाण्डमा चल्ने संगठनका सदस्यलाई राजनीतिक दलका केही नेताले आफ्नो स्वाथ पुरा गर्न आफू अनुकल चलाउने, आर्थीक प्रलोभनमा परेर बढुवा र सरुवा गराउने घिन लाग्दो खेलका कारण प्रहरी संगठन बदनाम हुदै गएको हो ।

Post a Comment

0 Comments