Subscribe Us

राज्यभन्दा बलिया सुमार्गी–सिरोहिया !



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा भारतीय लगानी भित्रिएको हो या होइन भन्ने विषयमा केही दिन अघि नेपालका मुर्धन्य सम्पादकहरूबीच विवाद नै चलेको थियो । गोकर्ण रिसोर्टमा खोज पत्रकारिता केन्द्रले आयोजना गरेको डिनरपार्टीमा सम्पादकहरू सुधीर शर्मा र नारायण वाग्लेबीच वादविवाद भएको थियो । उक्त विवाद समाधान गर्नका लागि अन्नपूर्ण पोस्टका सम्पादक हरिबहादुर थापा र नागरिक सम्पादक गुणराज लुईँटेल अग्रसर भएका थिए । यो विवादमा मिडियामा हुने लागानीका विषयमा चर्चा भयो । चर्चामा अर्का पात्र अजेयराज सुमार्गीको नाम पनि अघि सारिएको थियो ।

सम्पादकहरूबीच नै विवादको विषय बन्नुपर्ने मिडियाका लगानीकर्ताको चरित्र कत्तिको बलियो होला ? उनीहरू कति शक्तिशाली छन् ? दुई टाइकोन व्यावसायीको टसलका अगाडी राज्य कमजोर देखिनु एउटा उदाहरण हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक रहेका व्यापारी अजेयराज पराजुली (सुमार्गी) र कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहीयाका अघि राज्य कमजोर देखिएको हो । यी दुई व्यावसायीबीच टसल समेत छ । सामाचार विषयबस्तुदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगेको उजुरीले यसको पुष्टि गरिसकेको छ । सिरोहियाबाट आफू असुरक्षित भएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुमार्गीले उजुरी दिएपछि दुवैबीचको विवाद सतहमा देखिएको थियो । तर, कोही भन्दा कोही कम नभएको परिदृश्य प्रष्टै छ ।


दुई टाइकोन व्यावसायीको टसलका अगाडी राज्य कमजोर देखिनु एउटा उदाहरण हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक रहेका व्यापारी अजेयराज पराजुली (सुमार्गी) र कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहीयाका अघि राज्य कमजोर देखिएको हो । यी दुई व्यावसायीबीच टसल समेत छ ।

मिडियाको बलमा कानुनसम्मत भन्दा मुढेबलमा सिरोहियाले राज्यका संयन्त्रलाई दबाबमा राखेका छन् भने नेतासँगको उठबसमा सुमार्गीले दबाबमा राख्ने कोशीश गरेका छन् । दुवै सर्वथा गलत र निहीत स्वार्थमा केन्द्रित भएको जानकारहरू दाबी गर्छन् । उच्च स्रोतले भन्यो,‘बहुमतको सरकारनजिक रहेका कारण सुमार्गीले कसैलाई टेर्दैनन्, उनले अदालतलाई पनि आफू अनुकुलताको निर्णयमा अगाडी सारेका छन् भने त्यसलाई रोक्नका लागि कान्तिपुर मिडिया ग्रुपलाई सिरोहियाले परिचालन गरेका छन् ।कान्तिपुरले नराम्रोसँग पेलेको भन्दै सुमार्गीले सोही मिडियाका एक जना सम्पादक तिर्थ कोइरालालाई अघि सारेर थाहाखबर सञ्चालनमा ल्याएका छन् भने थाहाखबर रेडियो पनि सञ्चालनमा छ । उनले पत्रिका र टेलिभिजनको तयारी पनि गरेका छन् ।

विवादको चुरो

०७० मा सुमार्गी र सिरोहियाबीच भएको जग्गाको कारोबारबाट यो विवादको घाउ अहिलेसम्म जारी देखिन्छ । सोमबार राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुमार्गीको रकम नदिनू भनी लेखेको पत्रलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । जबकी, सम्पादकीय दृष्टिकोणबाट उक्त खबर मुख्य हुनुपर्ने आवश्यक ठहर्दैन । तर समाचारचाहीँ हो । 

गलत ढंगबाट रकम नेपाल झिकाउन लागेका सुमार्गीका विषयमा सिरोहियाको यो प्रयोग पनि रहेको सुमार्गीले केही महिनाअघि दिएको अभिव्यक्तिले प्रष्ट हुन्छ । सुमार्गीले पत्रकार सम्मेलन गरी भनेका थिए,‘जग्गा कारोबार भएको केही समयलगत्तै सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायोभन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन् । जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ । २६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको नेपालसाप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्राएको ऋण लगानी जफत हुने अवस्थामा पुगेकोभनी लेखिएको छ ।

सुमार्गीले सो क्रममा कानुनसम्मत जग्गा खरिदविक्रि भएको भन्दै थपेका थिए,‘मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ ।

यो तीनकुनेमा रहेको थाहा ड्राइभिङ सेन्टर खोलिएको जग्गाका सन्दर्भमा भएको विवाद थियो । अहिले पनि कायमै छ । सुमार्गीले आफूविरुद्ध कान्तिपुरको प्रहार नियोजित ब्ल्याकमेलिङ भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्,‘काठमाडौं जिल्ला अदालतमा २५ करोड रूपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेको छु । मेरो बारेमा पटक पटक सामग्री प्रकाशनरप्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ । यसमा कान्तिपुरले जे गरे पनि हुन्छ भन्ने घमण्ड प्रतिविम्बित भएको छ । मैले पठाएको खण्डनलाई समेत उक्त अखबारमा अपांग पारी छापिएको छ ।

सुमार्गीले सो क्रममा कानुनसम्मत जग्गा खरिदविक्रि भएको भन्दै थपेका थिए,‘मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइनतपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेरपुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ ।

सरकारी प्रक्रियामा रहेको मेरो वैदेशिक ऋण तथा लगानीसम्बन्धी विषयलाई शंका, आशंका, सम्भावना, हुन सक्नेजस्ता शब्दको सहारामा नेपाल साप्ताहिक, कान्तिपुर नेपाली दैनिक, द काठमान्डु पोस्ट अंग्रेजी दैनिक, कान्तिपुर टिभी र रेडियो कान्तिपुरका बुलेटिनहरूमा दर्जनौँ पटक र द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ’, सुमार्गीको दाबी थियो,‘एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ । कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ ।
त्यसो त सुमार्गीले लगाएका आरोपलाई सिरोहीयाले स्वीकार गरेका थिएनन् । उनले केही मिडियामा दिएका प्रतिक्रियामा दोषी को भन्ने विषय छानबिनबाट मात्र थाहा हुने बताएका थिए । 

सुमार्गीकोे व्याकफोर्स

साधारण व्यावसाय गरेका सुमार्गी एकाएक मुलुकको धनाड्यको सूचीमा पर्नु, उनको व्यापारीक लगानी अन्तर्राष्ट्रियस्तरमा पनि हुनुलाई निक्कै रहस्यपूर्ण उन्नतीका रूपमा लिइएको छ ।
प्रचण्डसँग नजिक रहेका सुमार्गीले तत्कालिन माओवादीले युद्धकालमा जम्मा पारेको रकम लगानी भएको बताइन्छ । राष्ट्रको मुख्य निकायमा आफ्नो सरल पहुँच रहेका कारण पनि सुमार्गीले सिरोहियासँग नझुक्ने निर्णय लिएको कतिपय बताउँछन् ।

गतिलो बाटोबाट रकम कमाउनेमा सुमार्गी पनि पर्दैनन्कम्युनिस्ट नेता नजिक रहेकोन्यायाधीशहरूलाई पनि नजिक बनाउनसक्ने उनको खुबी र बल भएकाले नै टक्कर लिन खोजेका हुन्’, उच्च स्रोतले भन्यो,‘नत्र शाही सरकार डराएको कान्तिपुरसँग उनी किन झुकेनन् ?’ तर सुमार्गीले आफ्ना मिडिया भने सिरोहियाविरुद्ध प्रयोगचाहीँ गरेका छैनन् । 
गतिलो बाटोबाट रकम कमाउनेमा सुमार्गी पनि पर्दैनन्, कम्युनिस्ट नेता नजिक रहेको, न्यायाधीशहरूलाई पनि नजिक बनाउनसक्ने उनको खुबी र बल भएकाले नै टक्कर लिन खोजेका हुन्’, उच्च स्रोतले भन्यो,‘नत्र शाही सरकार डराएको कान्तिपुरसँग उनी किन झुकेनन् ?’ तर सुमार्गीले आफ्ना मिडिया भने सिरोहियाविरुद्ध प्रयोगचाहीँ गरेका छैनन् । उनले प्रतिवाद गर्ने क्रममा प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन कामु प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रभावमा पारेको संकेत पनि देखा परेको छ । त्यो संकेत जोशीले उनको रकम नरोक्नका लागि राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकलाई दिएको आदेशले देखाउँछ ।

सिरोहीयाको दबदबा कसरी ?

०६० अघिसम्म सिरोहियाको यतिसाह्रो दबदबा थिएन । उनले कान्तिपुर टिकाउनका लागि तत्कालिन राजसंस्थालाई निक्कै चाप्लुसी गरेका थिए । तत्कालिन युवाराज पारस शाहबाट टेलिभिजनको उद्घाटन पनि गराएका थिए । तर, मुलुकको गति शान्तिपूर्ण आन्दोलनतिर लम्किने भएपछि उनी राजसंस्थाविरुद्धको अभियानमा लागे । जनआन्दोलनका बेला तत्कालिन सञ्चार राज्यमन्त्री श्रीष शमशेर राणाले कान्तिपुरप्रति टिप्पणी गर्दै भनेका थिए,‘कान्तिपुर आठौं दल हो ।

जनआन्दोलनको समय भएका बेला कान्तिपुरले दिएका फेक इन्फरमेशनआन्दोलनका लागि सहयोगी भएको थियो । त्यसअघि सरकारले सिरोहियाको कम्पनीमाथि गरेको प्रतिबन्धको कारण थियो तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तरवार्ता प्रकाशनदेखि माओवादी समर्थनमा आएका समाचार । त्यसअघि तत्कालिन गृहमन्त्री रामचन्द्र पौडेलले बाबुराम भट्टराईको आलेख छापेको आरोपमा सिरोहिया, हेमराज ज्ञवाली र सम्पादक युवराज घिमिरेलाई पक्राउ गराएका थिए ।

समयानुकुल सम्पादकको अदलबदलमा पनि सिरोहियो सक्रिय देखिन्थे । उनले आफ्ना जेठान पर्ने पूर्वएआइजी राजेन्द्र सिंह भण्डारीलाई अख्तियारको आयुक्त बनाउनका लागि मिडियामार्फत लविङ पनि गरेका थिए । त्यसको पछिल्लो उदाहरण वाइडबडी काण्डमा अहिलेका गृहसचिव प्रेमकुमार राईलाई दोषी देखाउने प्रयत्न । राई जागिर सकिनासाथ आगामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चितजस्तै भएपछि सिरोहिया उनीविरुद्ध सक्रिय देखिएको उच्च स्रोतले जनाएको छ ।
अहिले नयाँ शक्ति नेपालका संयोजक रहेका तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध पनि कान्तिपुरको प्रयोग गरिएको थियो । स्मरणीय छकान्तिपुरले नै भट्टराईलाई राम्रा प्रधानमन्त्री भनेर प्रायोजित जस्तै गरी समाचार प्रकाशन गरेको थियो । उच्च स्रोतले भन्यो,‘सिरोहियालाई विमानस्थलको ठेक्का नदिने भट्टराईको निर्णयपछि उनीविरुद्ध कान्तिपुरको प्रयोग गरियो ।
सिरोहियाले मिडियामा आफूअनुकुलताका हिसाबमा सम्पादक अदलबदल पनि गरिरहेका छन् । युद्धका बेला युवराज घिमिरेले उठाएको कान्तिपुरमा बीचको कालखण्डमा नारायण वाग्ले, तत्कालिन माओवादी ठूलो दल हुनासाथ कम्युनिस्ट नजिक मानिएका सुधीर शर्मा र भारतीय हस्तक्षेप बलियो भएपछि पुनः नारायण वाग्ले भित्राएका छन् । तर, समाचारीय विषयबस्तु भने भारतीय संस्थापन अनुकुल र सरकारविरोधी कित्तामा बढी प्रायोजन हुने गरेको आरोप समेत लाग्न थालेको छ ।

उता, आफू अनुकुलताका निर्णय नहुँदा तत्कालिन अख्तियार दुरुपयोग प्रमूख रहेका लोकमानसिंह कार्कीविरुद्धको समाचारीय प्रहार, तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पनि मिडियाको प्रहार भएको थियो । उनीहरूले खुलेरै कान्तिपुरले नियोजितहिसाबमा पेलेको बताएका थिए । उता, अहिले नयाँ शक्ति नेपालका संयोजक रहेका तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध पनि कान्तिपुरको प्रयोग गरिएको थियो । स्मरणीय छ, कान्तिपुरले नै भट्टराईलाई राम्रा प्रधानमन्त्री भनेर प्रायोजित जस्तै गरी समाचार प्रकाशन गरेको थियो । उच्च स्रोतले भन्यो,‘सिरोहियालाई विमानस्थलको ठेक्का नदिने भट्टराईको निर्णयपछि उनीविरुद्ध कान्तिपुरको प्रयोग गरियो ।

तत्कालिन अख्तियार प्रमूख कार्कीलाई खेद्नुका पछाडी पनि सिरोहियाका विभिन्न कम्पनीका करका विषयमा परेका उजुरीका छानबिनको विषय रहेको स्रोतले जनायो । उच्च स्रोतले भन्यो,‘करको विषयमा कडाई गर्ने विषय आएपछि पुरै सिस्टम नै उनीविरुद्ध प्रयोग गरिएको थियो ।’ 

राज्य किन मौन ?

सुमार्गी र सिरोहिया प्रकरणमा राज्य भने मौन बसेको छ । संसदले पनि उक्त विषयमा छलफल गरेको छैन । सिरोहिया र सुमार्गीलाई चलाउँदा आफू पनि अप्ठेरोमा पर्न सक्ने भन्दै राजनीतिक दलले दुवैलाई चलाउने कोशीश नगरेको बताइन्छ ।

कान्तिपुरलाई चलाउँदा लोकमान, बाबुराम र गोपाल पराजुलीको अवस्था देखेपछि सांसद र नेता यस विषयमा मौन बसेका हुन्, सरकार पनि मौन नै देखिन्छ’, उच्च स्रोतले भन्यो,‘सुमार्गी पनि सत्तासँग नजिक रहेका कारण उनीविरुद्ध बोल्ने आँट कसैको भएन ।

कतिपय अधिकारीहरूले मिडिया वा व्यावसायसँग सम्बन्ध र त्रासका आधारमा राज्य चुप लागेर बस्न नमिल्ने बताएका छन् । यसले मिडियाको प्रयोग गरी आफूलाई शक्तिमा उभ्याउने काम मात्र हुने अनि राज्यका अन्य संयन्त्र कमजोर देखिने उनीहरू बताउँछन् ।

Post a Comment

0 Comments