Subscribe Us

१४ करोडमा ३० मोटरसाइकल किन्दै नेपाल प्रहरी

प्रति मोटरसाइकल ४६ लाख ६० हजार

काठमाडौं । नेपाल प्रहरीले स्कर्टिङका लागि भन्दै ३० वटा मोटरसाइकल कूल १३ करोड ९८ लाख रुपैयाँमा खरिद गर्ने भएको छ । प्रहरीले स्कर्टिङका प्रति मोटरसाइकल ४६ लाख ६० हजार रुपैयाँको दरले स्कर्टिङ मोटरसाइकल किन्ने बोलपत्र स्वीकृत गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले गत मंसिर ३ गते नेपाल प्रहरीलाई आवश्यक पर्ने ३० थान स्कर्टिङ मोटरसाइकल खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । ३० दिनको म्याद राखेर आह्वान गरिएको बोलपत्रको समयावधि सकिएपछि पेश भएका बोलपत्रमध्ये भीजी अटोबोमाइल्स प्रा.लि., भिमसेनस्थान, काठमाडौंले पेश गरेको बोलपत्र स्वीकृत भएको सूचना पुस २६ गते प्रकाशित गरेको छ ।


नेपाल प्रहरीको प्रशासन एवं मानवस्रोत विभागले जारी गरेको सूचनाअनुसार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बमोजिम प्रहरीले ३० थान स्कर्टिङ मोटरसाइकलको १२ करोड ३७ लाख १६ हजार ८ सय १४ रुपैयाँको रकम कबुल गरेको छ । उक्त रकम भ्याट बाहेक रहेको पनि सोही सूचनामा प्रकाशित गरेको छ ।

Post a Comment

0 Comments