Subscribe Us

सरकारले मुलुकलाई द्धन्द्धमा धकेल्न खोज्यो : नेता धिताल


काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले वर्तमान सरकारले मुलुकलाई द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

लमजुङ कलाकार संघको दोस्रो वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता धितालले कम्युनिष्ट सरकारले जवरजस्ती चिकित्सा शिक्षा विद्येयक पास गराएर अधिनायकवाद लागू गर्न खोजेको बताउनुभयो ।

“काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित संस्थालाई स्वीकृत नदिएर राजनीतिक पूर्वाग्रह वर्तमान सरकारले साँधेको छ,”–उहाँले भन्नुभयो ।
नेता धितालले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङलाई लक्षित गरी बहुमतको आधारमा संसदले सबै कुरा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले लमजुङ राष्ट्रकवि माधवप्रसाद घिमिरे, कृष्णसुधा ढुंगाना, भेडिखर्के साँइला, बिमाकुमारी दुरा, राजु परियारलगायतका कलाकार उत्पादन गरेको जिल्ला भएकाले कला र संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

Post a Comment

0 Comments