Subscribe Us

उपत्यकाकै प्रहरीलाई वासको समस्या, ठाँउ नभएर डेरामा सुत्छन्


ललितपुर, २३ पुस ।  ग्रामीण बस्तीमा होइन । ललितपुरको शहरी क्षेत्रमै खटिने प्रहरीको वासको बिजोग छ । पुस माघको यो ठन्डीमा उनीहरु जेनतेन रात कटाउने गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

गृह मन्त्रालयले पाटन र पुल्चोक इन्जिनियरिङ कलेजमा हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न पाटन ढोका क्षेत्रमा प्रहरी प्रभाग नै खडा गरिदिएको छ ।

प्रभागमा साहयक प्रहरी निरीक्षकको नेतृत्वमा ११ जनाको दरबन्दी छ । तर, प्रभागमा कार्यालय प्रमुखको कार्यकक्ष पनि छैन् । जम्मा एउटा कोठा छ , त्यहीँ सबै प्रहरी कोच्चिएर सुत्ने गरेका छन् । कोठामा ढाल, डन्डा झैझगडा हुदा शरिर सुरक्षा गर्ने समान राख्ने मात्र नभइ कपडा झुन्डाउने ठाँउसमेछ छैन् ।

महानगरीय प्रहरी परिसर जावालाखेलका प्रवक्ता शेखर खनाल भन्छन्, ‘पाटनढोका प्रभागमा सुत्ने ठाँउ नभएर केही प्रहरी डेरामा बस्दै आएका छन् । उनले भवन बनाउन मन्त्रालयमा बजेट माग गर्न प्रभागको जग्गा गुठीको नाममा नभएर समस्या भएको बताए ।’

Post a Comment

0 Comments