Subscribe Us

प्रथम म्याराथनको उपाधि महर्षिलाई


काठमाडौँ, १२ माघ । प्रथम जेवी अन्तर विद्यालय म्याराथन प्रतियोगिताको उपाधि महर्षि विद्यालय सामाखुशीले हात पारेको छ ।

जेवी स्कुल बसुन्धराले आज आयोजना गरेको चार किलोमिटरको दौडमा महर्षि विद्यालयका तिमती गुरुङले प्रथम स्थान हात पारेका छन् । गुरुङले १३ मिनेट २१ सेकेन्डमा चार किलोमिटर दूरी पूरा गरे । यस्तै दोस्रोमा ज्ञानचक्षु स्कुल धापासीका भरत राई र तेस्र्रोमा लक्ष्मीपुर स्कुल टोखाका राजन क्षेत्री भएका छन् ।

महिलातर्फ प्रथम, द्वितीय र तृतीय लक्ष्मीपुर विद्यालय भएको छ । विद्यालयका प्राचार्य रोशन थापाले पहिलोपटक जेवी विद्यालयले म्याराथन प्रतियोगिता शुरु गरेको बताउनुभयो ।

प्रतियोगिताका विजेता खेलाडीलाई महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले मेडल, प्रमाणपत्र तथा एक एक जोर जुत्ता प्रदान गर्नुभएको छ । प्रतियोगितामा काठमाडौँका २५ स्कुलका १६० को सहभागीता थियो । 

Post a Comment

0 Comments