Subscribe Us

पत्रकार एवं साहित्यकार लामा सम्मानित



काठमाडौँ, ६ माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले साहित्यकार एवं पत्रकार राम लामा ‘अविनाशी’लाई सम्मान गरेको छ ।

समाजको ४९ औँ साहित्य शृङ्खलाका अवसरमा गत आइतबार जापानमा आयोजित कार्यक्रममा विआरटी डटकमका कार्यकारी निर्देशकसमेत रहनुभएका साहित्यकार एवं पत्रकार लामालाई सम्मान गरेको हो । लामा अन्तर्राष्ट्रिय साहित्य समाजका वोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत हुनुहुन्छ ।

उहाँलाई समाजका संस्थापक अध्यक्ष डा कुमार बस्नेतले सम्मान गर्नुभएको हो । झण्डै तीन दर्जन साहित्यीक कृति प्रकाशित गरिसक्नुभएका लामाले समसामयिक विषयमा लेख रचना तथा गीत लेख्नुभएको छ । साथै, लामाले आफ्नो नाममा दुई हजार ५०० अमेरिकन डलरको साहित्य पुरस्कारसमेत स्थापना गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले जापानले हरेक महिना निरन्तर साहित्यीक कार्यक्रम सञ्चालन गरी साहित्यकारलाई सम्मान गर्दे आइरहेको बताउनुभयो । अच्युत रेग्मी

Post a Comment

0 Comments