Subscribe Us

सशस्त्रका ‘अभियुक्त’ अधिकृत जेल जाने निश्चित

 ‘केन्द्रीय लेखा स्टोर’ आगलागी प्रकरण 



अख्तियारले सशस्त्रका एसएसपी अभि खत्री, डिएसपी ध्रुव केसी, हवल्दार रामशरण ठकुरी, सहायक हवल्दार नगेन्द्रबहादुर कचाल, जितेन्द्र घिमिरे, धुब्रबहादुर श्रेष्ठ, परिचर चेतबहादुर श्रेष्ठ, राजाराम सेढाई लगायतसँग बयान थालेको छ ।


काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयको ‘केन्द्रीय लेखा स्टोर’मा भएको आगलागी
घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आगलागीको एक बर्षपछि अख्तियारले गत आईतबार तत्कालिन ‘केन्द्रीय लेखा स्टोर’मा कार्यरत दश कर्मचारीलाई बयानमा बोलायो । बलम्बुस्थित प्रहरी महानिरीक्षकको सचिवालय माथाहत रहेको ‘केन्द्रीय लेखा स्टोर’मा भएको आगलागीको घटना भवितव्य थियो वा योजनाबद्ध अहिलेसम्म कुनै जानकारी भने मुख्यालयले दिन सकेको छैन । तर घटना भने शंकाको घेरामा थियो ।

३, पुस २०७४, मध्यरात १ बजेर ३० मिनेटमा लेखा स्टोरमा आगलागी भएको थियो । आगलागीसँगै गृह मन्त्रालय र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए । तत्कालिन समयमा दोषी देखिएका सशस्त्र प्रहरीका सईद्वय हुमबहादुर थापा, लिनबहादुर श्रेष्ठ र हबल्दार रामकृष्ण श्रेष्ठले जिल्ला अदालत काठमाडौंबाट सफाई पाईसकेपछि घटना झन् रहस्यमय बन्दै गएको थियो । हबल्दार श्रेष्ठले अनुसन्धानको क्रममा अपराध स्वीकार्दै सई हुमबहादुरको आदेशमा आफूले आगजनी गरेको बयान दिएका थिए । उनकै बयानको आधारमा सईद्वय थापा र लिनबहादुर प्रतिवादी कायम भएका थिए । तर अदालतबाट सफाई पाए पनि घटनाको सत्यतथ्य बाहिर नआएको भन्दै अख्तियारले थप अनुसन्धान अगाडी बढाएको हो ।

अख्तियारले सशस्त्रका एसएसपी अभि खत्री, डिएसपी ध्रुव केसी, हवल्दार रामशरण ठकुरी, साहयक हवल्दार नगेन्द्रबहादुर कचाल, जितेन्द्र घिमिरे, धुब्रबहादुर श्रेष्ठ, परिचर चेतबहादुर श्रेष्ठ, राजाराम सेढाई लगायतसँग बयान थालेको छ । अख्तियारले यी दशको बयान लिएसँगै सशस्त्रका क्रिमिनल अधिकृतको होस् हवास उडेको छ । यदि यो घटनामा अधिकृतको संलग्ता भटिए यीनिहरू जेल जाने निश्चित छ ।

तत्कालिन समयमा अख्तियारले पूर्व आईजी कोषराज वन्तमाथि भ्रष्टचार मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । उक्त स्टोरमा त्यहिँ कागजातहरू रहेका थिए । उक्त कागजात अख्तियारको हात लागे आफू फस्ने भएपछि आफू निकटलाई प्रयोग गरेर वन्तले ‘केन्द्रीय लेखा स्टोर’मा आगो लगाउन सफल भएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरीका सईद्वय हुमबहादुर थापा, लिनबहादुर श्रेष्ठ र हबल्दार रामकृष्ण श्रेष्ठले जिल्ला अदालत काठमाडौंबाट सफाई पाईसकेपछि घटना झन् रहस्यमय बन्दै गएको थियो । हबल्दार श्रेष्ठले अनुसन्धानको क्रममा अपराध स्वीकार्दै सई हुमबहादुरको आदेशमा आफूले आगजनी गरेको बयान दिएका थिए । उनकै बयानको आधारमा सईद्वय थापा र लिनबहादुर प्रतिवादी कायम भएका थिए ।

वन्तले आफू निकट एआईजी पुष्पराम केसीसँगको योजनामा एसपी अभि खत्रिलाई प्रयोग गरेर आगो लगाउन सफल भएको अख्तियार स्रोत बताउँछ । अख्तियार लैजान तयार पारीएको कागजातलाई समेत एसपी युवराज अर्याले पुनः ‘केन्द्रीय लेखा स्टोर’ मै  राख्न लगाएका कारण एसपी अर्यालको समेत हात रहेको हलचोक स्रोत बताउँछ ।

तत्कालिन समयमा महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरे पनि तत्कालिन नेपाल प्रहरीका तत्कालिन आईजी प्रकाश अर्यालको कारण घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको थिएन । प्रकाश अर्यालले त्यस ताकाका आईजी दुर्जकुमार राईलाई तपाई तिस हटाउन लाग्नु म आगलागी केस रफादफा गर्न सहयोग गर्छु भनेर उक्त मुद्दा कमजोर बनाएको स्रोत बताउँछ ।

तत्कालिन समयमा अनुसन्धानको दायरमा आएका सशस्त्रका सई हुम बहादुरले आफू दश दिने बिदामा गाँउ गएको बयान दिए पनि उक्त बयान ठिक हो वा होईन भनेर थप अनुसन्धान नभएको हुँदा अनुसन्धान प्रभाबकारी नभएको पुष्टि हुन्छ । तत्कालिन समयमा हुम बहादुरले चलाउने फोनको सिडीआरमात्र दुरसंचारबाट लिने हो भने दुधको दुध पानीको पानी हुनेमा सशस्त्र प्रहरी बल रहेको छ । तत्कालिन समयमा उच्चस्तरीय छानबिन समितिको नाममा महाशाखालाई उक्त घटनाको अनुसन्धानबाट समेत ब्याक गराएको थियो ।

आगलागीका कारण अख्तियारको छानविनको क्रममा रहेको ‘भ्रष्टाचार मुद्दा’को महत्वपूर्ण कागजात समेत नष्ट भएको थियो । सशस्त्र मुख्यालय स्रोतका अनुसार पूर्वआईजीपी कोषराज वन्तको समयमा खरिद भएको सामानको विवरण र बिल भपाई सोही स्टोरमा राखिएको थियो । अख्तियारको छानविनपछि कोषराज वन्त विशेष अदालत काठमाडौंमा मुद्धा खेपिरहेका छन् ।

Post a Comment

0 Comments