Subscribe Us

महरको रहर पुर्याउन आफू तयार रहेको केन्द्रीय सदस्य पाण्डेको भनाई


काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुमन पाण्डेले अखिलका महासचिव ऐन महरलाई जुध्ने रहर भए आफु तयार रहेको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा विधेयक सरकारले बहुमतले पेलेर पारित गरेपछि महरले कांग्रेस सांसद गगन थापालाई मुठभेड गर्न त्रिचन्द्र आउन भनेका थिए । उनको त्यो भनाइको जवाफमा पाण्डेले महरलाई यस्तो चेतावनी दिएका हुन् ।
नेविसंघ नेता पाण्डेले जुध्न रहर भए महरले बोलाएकै ठाउँमा गएर लड्न आफु तयार रहेको बताएका छन् । उनले फेसबुकवालमा चेतावनी दिँदै लेखका छन्, ‘अझै भिड्ने र जुध्ने रहर पुगेन तपाईंलाई भने सम्झनुस् लोकतन्त्र र नेपाली जनमानसमा गर्व हुने गरि म सुमन पाण्डे नेविसंघ केन्द्रीय सदस्य तयार छु तपाईले भनेकै ठाउँमा लड्न । सद्वुद्धि र प्रगतिको लागि आशिर्वाद लिएर आउनुस् ।उनले कांग्रेस सांसद थापा संसदमा देश कसरी चलाउने बिषयमा छलफलमा रहेको थाहा छ कि छैन भन्दै प्रश्नसमेत गरेका छन् ।


राष्ट्रिय राजनीति गर्ने हैसियत छैन वा दिन्नन् तपाईंका नेताले भने नेकपा छाड्दिनुस् आउनुस् लोकतान्त्रिक आन्दोलनमा सँगै हात मिलाउन हामीसँग । त्यति पनि तपाईं तयार हुनुहुन्न भने गगन थापाको नाम जप्न छाड्दिनुस् ,’ पाण्डेलेले लेखेका छन्, ‘तपाईंको त्रिचन्द्रमा सयौं नेविसंघ छन् लोकतन्त्र र न्यायका पहरेदार तपाईंले पशुपतिमा बोकेको बन्दुक र तपाईंले भिमसिहं गुरुङलाई ताकेको गोलि थाप्न तयार ।

Post a Comment

0 Comments