
उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको
आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित
फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं नयाँ बसपार्कस्थित बिजी मल अगाडिबाट ललितपुर लामाटारका २३ वर्षीय सौगात पौडेल र नुवाकोट छाप घर भएका २५ वर्षीय पेम्वा लामालाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ४५ एम्पुल सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु सवार बा.२० च ५६२४ नम्बरको कारलाई नयाँ बसपार्क बिजी मल अगाडि फेला पारी जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित चालक पौडेल र कारमा सवार लामालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ
0 Comments