Subscribe Us

नेविसङ्घले माइतीघर मण्डलामा वृहद प्रदर्शन गर्ने



काठमाडौँ, ८ माघ । नेपाल विद्यार्थी सङ्घले सरकारको कार्यशैलीको विरोधमा माइतीघर मण्डलामा वृहद प्रदर्शन गर्ने भएको छ । 

सरकारले नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृत नदिन लागेको भन्दै नेविसंघले आन्दोलन गर्न लागेको हो । नेविसंघले भोली दिउँसो १ बजे वृहद प्रदर्शन गर्न लागेको हो । 


नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीले एउटा सरकारले गरेको निर्णय अर्को सरकारले खारेज गर्दे गएर सरकारले मुलुकलाई मुडभेडतर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । 
“निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु, वाइडबडी काण्डमा अर्बौ रुपैँया भ्रष्टचार गर्नु, गोविन्द केसीलाई वेवास्था गरेर दुईतिहाईको बलमा चिकित्सा शिक्षा विद्येयक पारित गर्न खोज्नुले पनि सरकार निरंकुश बन्न खोजेको देखिन्छ,”–उहाँले भन्नुभयो । सरकारले आफ्नो निर्णय नसच्याए निरन्तर आन्दोलन जारी राख्ने उपाध्यक्ष अधिकारीले बताउनुभयो । 

Post a Comment

0 Comments