Subscribe Us

हुण्डीमा संलग्न रहेको आरोपमा सहकारी अध्यक्षसहित तीन पक्राउ


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा विराटनगरबाट नगदसहित तीनजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर७ का राजेश हेडा, विराटनगर११ का सुमित साह र विराटनगर१२ का दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट ६९ लाख ५७ हजार ६ सय रूपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

विराटनगर७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारीको कार्यालयबाटै हुण्डीको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले बताए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उनले बताए ।

Post a Comment

0 Comments