Subscribe Us

पोलिमर नोट छपाई काण्डमा रावललाई १० लाख धराैटी राख्न अदालतको आदेश


काठमाडौं । विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावललाई १० लाख रूपैयाँ धरौटी राखेर तारिखमा छुट्ने आदेश दिएको छ । सोही  आदेश अनुसार पूर्वगभर्नर रावल १५ दिनको म्याद दिएर बयानका लागि सोमबार उपस्थित हुन विशेष अदालतले दिएको सयमानुसार उपस्थित भएर बयानदिएपछि धरौटीमा तारिखका छुटेका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सोमबार रावललाई १० लाख रूपैयाँमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको आरोपमा आयोगले गत पुसमा मुद्दा दायर गरेको थियो ।

आयोगले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेललाई जनही ९१ लाख नौ हजार रूपैयाँ र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कूल दुई करोड ७३ लाख रूपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

Post a Comment

0 Comments