Subscribe Us

टेलिभिजनमा पत्रकारिता गर्दा...

विकास थपलिया / टेलिभिजनमा समाचार पढ्ने भन्ने वित्तिकै दर्शकले बौद्धिक व्यत्तित्वको रुपमा बुझ्ने गर्छन् । सार्वजनिक स्थलमा, मानिसहरुबीचमा चिर परिचित भइन्छ । समाचार प्रस्तोता हुनुको सबैभन्दा सुखद् पक्ष यी नै हुन्, कहिलेकाँही यही सुखद पक्ष नै दुखद बन्न पुग्छ । 

कहिलेकाँही बाटोमा भेटेका मानिसले जब ठुलो अपेक्षा सहित आफुलाई ज्ञान नभएको फरक विषयवस्तुबारे जिज्ञासा राख्छन् त्यतिबेला दिमागका पाटपुर्जाहरु मज्जाले हल्लिन थाल्छन् ।

टेलिभिजनको जगतमा प्रवेश गर्नुअघि जतिबेला कसैलाई टेलिभिजको पर्दामा देखिन्थ्यो त्यति बेला मनमा अनेक प्रश्नहरु उब्जिरहेका हुन्थे । 

पर्दाभित्रको मानिस वास्तविकतामा कस्तो होला जो जोकोहीसँग आँखा जुधाएर लामो समयसम्म देश विदेशका समाचार भन्न सक्छ, उसलाई यत्ति धेरै थाहा छ की टिभीका मानिसहरु उसलाई नै ध्यापूर्वक सुनिरहेका÷हेरिरहेका छौँ । 

कुनै दिन प्रत्यक्ष त्यो मान्छेलाई भेट्न पाइएला कि नपाइएला’ कुनै समय टेलिभिजन हेर्दा यस्तै कल्पना गरिन्थ्यो । अनि जब टेलिभिजनको पर्दा नै कर्म थलो बन्यो, त्यसपछि टेलिभिजन हरेक विषयका प्रश्न–उत्तरको माध्यम बन्यो, कहिले आफ्नै त कहिले दर्शका लागि पनि । आजकल प्रश्न भन्दा कल्पना र महत्वकांक्षा बढी जाग्छ, वर्तमानको माध्यमको दाँजोमा भोली भित्रने उही टेलिभिजन माध्यममा म फिट हुन सक्छु कि सक्दिन, हरेक दिन, प्रत्येक घण्टा आफ्नै परिक्षा दिइरहेको हुन्छु अघि भन्दा राम्रो गर्न सक्छु कि सक्दिन ।

समाचार प्रस्तोता टेलिभिजनको परिचय हो  समाचार प्रस्तोताको प्रस्तुति नराम्रो भएमा दर्शकले तत्काल च्यानल परिवर्तन गर्न सक्दछन् । त्यसकारण प्रस्तोताले समाचार प्रस्तोत गर्दा बोल्ने शब्द चयनदेखि लगाउने लुगा, हाउभाउ र समाचारको प्रकृति अनुसार अनुहारको भावमा परिवर्तन ल्याउन सक्नुपर्छ । दुःख, सुख, हाँसो, रुवाइ सबै किसिमका भावमा परिवर्तन ल्याउन सक्नुपर्छ । दुःख, सुख, हाँसो, रुवाइ सबै किसिमका समाचार एकै प्रकारले पढ्दा कस्तो होला ? दर्शकले यदि टिभी फुटाएनन् भने च्यानल चेन्ज गर्ने चाँही पक्का पक्की छ । 

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजनसँगै सुरुवात भएको टेलिभिजन इतिहासले अहिले निकै फड्को मारेको छ । 
भारतबाट प्रसारित दूरदर्शन, हाम्रा राजामहाराजाहरू विदेश जाँदा क्यामराविहीन जानु, ०२८ सालको सञ्चारनीतिमा टेलिभिजनसम्बन्धी केही बुँदाहरू समावेश हुनु नेपालीका लागि टेलिभिजन हेर्न पाउने प्रारम्भिक चरण थिए । ०३६ सालको जनआन्दोलनमा रेडियोभन्दा प्रभावकारी माध्यम खोजियो, जसको परिणामस्वरुप ०४१ सालमा नेपाल टेलिभिजको स्थापना भएको हो ।

निजी क्षेत्रबिना सरकारी मिडिया अपूर्ण थियो । किनकी ०५४ अगाडि नेपाल टेलिभिजनको एकाधिकार थियो । जसले सरकारी भक्तिगान मात्र गाउने गरेको गुनासो हुने गरेका थिए । ०५४ पछी निजी क्षेत्रबाट टेलिभिजन खुल्न थाले । हाल ७२ प्रतिशत भन्दा बढी जनतामा टेलिभिजन पुगेको अनुमान छ ।
राज्यको स्वामित्वमा रहेको नेपाल टेलिभिजन स्थापनाको ५ वर्षपछि नेपालमा ०४६ को जनआन्दोलन सफल भयो । जननिर्वा्चित प्रतिनिधिहरूले राज्य सञ्चालनको अवसर पाए । सरकारले दीर्घकालीन सञ्चारनीति ल्याएको ५ वर्षपछि निजी क्षेत्रको लगानीमा इमेज च्यानलले ०५४ असार २९ गते आफ्नो प्रसारण सुरु ग¥यो ।

त्यसपछि क्रमैसँग निजी स्तरबाट टेलिभिजन दर्ता प्रक्रिया बढ्न थाल्यो । उदार प्रेस नीति, प्रजातान्त्रिक मूल्य मान्यता तथा बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा टेलिभिजन पत्रकारिता क्षेत्रले पनि फड्को मार्दै गयो । निजी स्तरबाट इमेज च्यानल स्थापना भएको ३ वर्षपछि निजी क्षेत्रकै च्यानल नेपालले ०५७ असार १७ गते टेलिभिजन प्रसारण इतिहासमा नै पहिलोपटक स्याटेलाइट टेलिभिजनको रूपमा आफूलाई स्थापित ग¥यो ।
तत्कालीन सरकारले स्याटेलाइट टिभी प्रसारणको अनुमति नदिएपछि थाइल्यान्ड सरकारको अनुमतिमा नेपालमा स्याटलाइट प्रविधि भित्राउने श्रेय च्यानल नेपाल टेलिभिजन र यसका संस्थापकलाई जान्छ । च्यानल नेपालले स्याटलाइट प्रविधि भित्राएको २ दिनपछि नेपाल टेलिभिजनले पनि आफ्नो प्रसारण ०६७ असार १९ स्याटलाइट प्रविधिमा लगेको थियो ।

विश्वमा सूचना र प्रविधिको तीव्ररूपले विकास हुने क्रम चलिरहेका बेला निजी क्षेत्रबाट पनि आमसञ्चारको क्षेत्रमा लगानी गर्नेक्रम बढेको छ । ०४० को दशकतिर एउटामात्र टेलिभिजन भएको अवस्थामा अहिलेको समयसम्म आइपुग्दा नेपालमा टेलिभिजनको संख्या पनि तीव्र रूपले बढेको छ । 

टेलिभिजन च्यानलको माध्यमबाट समाज परिवर्तनको संवाहकको भूमिकासँगै पहिचान बन्ने जस्ता विषयले धेरै युवाको क्रेज यसतर्फ बढिरहेको हुनुपर्छ । त्यो क्रेज पछाडि जिम्मेवारी र चुनौतीलाई भने धेरैले केलाउन भुलेको टेलिभिजनकर्मीहरूबीचमा वहष हुने गर्छ ।

विषयको भूमिकादेखि यसको दाहिने–देब्रे पाटोहरू टेलिभिजनकर्मीले बुझेको हुनुपर्छ । यसमा पनि चर्चाका विषयमा छिर्ने र जनचाहनाको सतहबाहेकको भित्री गुदी कुरा उजागर गराउनु एउटा टेलिभिजनकर्मीको जिम्मेवारी हो । विषयगत स्पष्टता र छरितोपन जान्नैपर्ने टेलिभिजन आगन्तुकहरूले बुझनु पर्छ । तर टेलिभिजनमा टिक्नका लागि समसामयिक ज्ञान, बौद्धिकता र राजनीतिबारे सामान्य भए पनि जानकारी हुनु अनिवार्य हुन्छ । 

संख्या बढेपछि जसरी टेलिभिजनमा कार्यक्रम र नयाँपनको प्रतिस्पर्धा बढ्यो, गुणात्मक प्रसारण दर्शकको रोजाई भएको छ । टेलिभिजनमा कार्यक्रम राम्रो र गुणस्तरीय बनाउनभन्दा पनि कसरी टीआरपी बढाउन सकिन्छ भन्ने होड पछिल्लो समयका केही टेलिभिजनहरूमा देखिन्छ । त्यही मानसिकताका कारण टीआरपी बढाउने नाममा चिच्याएर, गफ दिएर, गाली गरेर, सूचना बङ्ग्याउने गलत प्रवृत्ति पनि देखिन थालेका छन् । 

समसायिक विषयबारे सूचना संकलन, त्यसका लागि तथ्य जुटाउने, पुर्नपुष्टि गर्ने, त्यसका लागि प्रश्न लगायका विभिन्न विधिहरु अपनाउने र सूचना पूर्ण रुपमा पाकेपछि समाचार पस्कनु नै वास्तविक पत्रकारिता हो । जब मुल कुरा उजागर हुन्छ जुन आममानिसलाई घत् लाग्न सक्छ । सस्तो लोकप्रियताका लागि मनगढन्ते गफ दिनेहरु कुनै पनि बेला आफैले फ्यालेको गफजालमा फस्ने डर एकदमै ज्यादा हुन्छ । चुनौतीलाई सजिलै समाधान गरी सफल समाचार प्रस्तोता हुन समाचार प्रस्तोतामा आत्मविश्वास हुनुपर्छ । हेरक क्षेत्रमा विशेषज्ञता कसैको हुँदैन, तर समाचार प्रस्तोता भने धेरै क्षेत्रको न्यूनतम ज्ञान हासिल गर्न प्रेरित हुनुपर्छ । 

सञ्चार जगतमा टेलिभिजन निकै प्रभावकारी र सशक्त माध्यम हो । नेपालमा इन्टरनेट र सहज विद्युतीय सेवाका कारण  टेलिभिजन विधाका संचार माध्यमकोे क्रेज बढेको छ  । यसअर्थमा टेलिभिनकर्मीहरू समाजका ऐना हुन् । हामी ऐना अगाडि उभिदा जसरी प्रस्तुत हुन्छौ । समाजले पनि त्यही नै देख्छ । यदि हामीले गलत सूचना दियौ भने समाजले पनि गलत सूचना नै पाउ“छ । त्यसैले ऐना होइन कि त्यसका पात्रहरूकै अनुहार सफा हुनु आवश्यक छ । 

टेलिभिजनको मुख्य चुनौती भनेकै गुणस्तरीय, सत्य, तथ्य, खोजमूलक र सामाजिक जिम्मेवारी बोध हुने खालका विषयवस्तु र सामग्री तयार पार्नु हो । हामी कहा“ भएका अधिकांश टेलिभिजनहरूमा रिसर्च नै हु“दैन । कुनै घटना भइसकेपछि मात्र हामी त्यसको पछि लाग्छौ । अनि न त्यसको फलोअप छ न त प्रभावकारिताको बारेका नै कभर गर्छौ । 

सञ्चारले संसारलाई नै एउटै छातामुनि ल्याएको छ । समाजमा उपलब्ध विविध सामाजिक अन्तक्र्रियाहरूको समायोजन र सप्रेषण सही ढंगबाट भएको अवस्थामा त्यसले समाजलाई विकासको गति प्रदान गर्छ । जब व्यक्तिको धारणा विचारको रुपमा बाहिर आउँछ त्यसले सकारात्मक र नकारात्मक दुवै खालको असर गर्छ । व्यक्ति समाजको एक एकाई भएको हुनाले व्यक्ति व्यक्तिको विचारले नै समाजको आदर्श निर्माण भएको हुन्छ । यस सिलसिलामा अत्याधुनिक, वैज्ञानिक उपकरणका रुपमा टेलिभिजनको ठूलो भूमिका रहेको छ ।

Post a Comment

0 Comments