Subscribe Us

रंगशाला निर्माण अभियानका लागि धुर्मुस–सुन्तुली मलेशियामा, सिटी एक्सप्रेस साँझ जारी (तस्वीरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा माघ १६ गते काठमाडौंको राष्ट्रिय सभागृहबाट घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानले तिब्रता पाएको छ । सो रंगशाला निर्माणका लागि रकम संकलनार्थ मलेसिया पुगेका धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जन घिमिरे (सुन्तली)ले सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५मा आफ्नो प्रस्तुती दिएका छन् ।

नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरेलगत्तै पहिलो गन्तव्यको रुपमा मलेशियालाई चयन गरेका हास्य कलाकर धुर्मुससुन्तलीसहित अन्य कलाकार मलेसिया पुगेका हुन् । सिटी एक्सप्रेसको आयोजनामा मलेसियाको तीन शहरमा सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५को आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ । उक्त दुई शोमा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरञ्जन लिएका छन् । यी दुईसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र स्थानीय कलाकारहरूले पनि मनोरञ्जन दिएका छन् । यसैगरी, अब  तेस्रो तथा अन्तिम कार्यक्रम फेब्रअरी १० मा जोहरबारुमा हुने फाउन्डेसनले जनाएको छ ।







Post a Comment

0 Comments