Subscribe Us

लागुऔषधसहित घले पक्राउ



तनहुँ । तनहुँको आँबुखैरेनीबाट प्रहरीले अवैध लागु औषधसहित १ जना लागु औषध कारोवारीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा शहिद लखन गाउँपालिका १ घर भइ हाल तनहुँको आँबुखैरेनी गाउँपालिका ३ शान्तिटोल बस्ने २६ वर्षिया रमेश घले रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक महेशराज पाठकले जानकारी दिए ।


पाठकका अनुसार शंकास्पद अवस्थामा आँबुखैरेनी चोकमा हिडिरहेको अवस्थामा घलेलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा निजले लागुऔषध कारोवार गर्ने गरेको स्वीकार गरेको हो । पक्राउ परेका घलेको कोठामा खानतलासी गर्दा प्रहरीले डाईजेल्याव ९६ एम्पल, फेनागन ८६ एम्पल र बुफिन ९५ थान गरी २७७ एम्पल अवैध लागुऔषध बरामद गरेको छ । प्रहरीले घलेको साथबाट २४ हजार २ सय ३० रुपैया नगद पैसा समेत बरामद गरेको छ ।

Post a Comment

0 Comments