Subscribe Us

चर्चित कलाकार राणाको निधन


काठमाडाैं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा काठमाडाैंको टिचिङ अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको छ । राणा केही समयअघिदेखि बिरामी थिए । उनी मुटु रोगबाट पीडित थिए ।

राणाले वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र अन्यायबाट अभिनययात्रा सुरू गरेका थिए । उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

उनले नेपाली बाबु, ‘दक्षिणासाथी म तिम्रोकोसेली, चिनो, दुई थोपा आँशु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन,  आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दागलगायतका चलचित्रहरुमा अभिनय गरेका थिए । उनको शुक्रबार नै दाहासंस्कार गरिने परिवारजनले जनाएको छ ।

Post a Comment

0 Comments