Subscribe Us

नेपाल प्रहरीमा ऐनभन्दा राजनीतिक पहुँचका आधारमा बढुवा, रेणु दाहाललाई मेयरमा जिताएको पुरस्कारस्वरूप थापा बने एसएसपी


काठमाडौं । शनिबार बेलुका सार्वजनिक भएको नेपाल प्रहरीको एसपी र एसएसपी बढुवा सिफारिस विवादमा परेको छ । बढुवासूची सिफारिस भएसँगै महानगरीय अपराध महाशाखामा कार्यारत एसपी नरेन्द्र उप्रेतीले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएपछि बढुवा सिफारिस सूची विवादमा परेको हो । बढुवा सूची प्रहरी ऐन भन्दा राजनीतिक पहुँच र आर्थिक चलखेलबाट सिफारिस भएको भन्दै प्रहरीका ईमान्दार र कर्तव्यनिष्ठ सदस्यमा निराशा छाएको छ । सोही निराशाको एक उदाहरण एसपी उप्रेतीका राजीनामा पनि हो । बढुवा नभएपछि डीएसपी दयानिधि ज्ञवालीले अत्यन्तै उच्च स्तरको बढुवा दुई तिहाई सरकारको’ भन्दै व्यङ्ग हानेका छन् ।

आइजीपी सर्वेन्द्र खनालको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयबाट सहसचिव केदार शर्मा सदस्य थिए । तर उनी बिदामा बसेका कारण सहसचिव ईदु घिमिरेसदस्य सचिव एआइजी ठूले राईको समितिले बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको थियो ।
सिनियर भएता पनि एसपी उप्रेतीको नाम सिफारिस भएन तर उप्रेतीभन्दा ६ महिना जुनियर दिपक थापा र एसपी बढुवामा पछाडी तथा कार्यक्षमतामा कमजोर मानिएका टेकबहादुर तमाङभिम ढकाल बढुवा भएपछि एसपी उप्रेतीको चित्त नबुझेको स्रोत बताउँछ । फौजी संगठनमा एक दिनकालाई पनि सिनियर र जुनियर मानिन्छ । तर १७ जना सिनियरलाई पछाडी पार्दै दिपक थापालाई एसएसपी सिफारिस गरेपछि प्रहरीभित्र चरम निराशा छाएको स्रोत बताउँछ । हिजोसम्म हामीलाई स्यालुट गर्ने अधिकृतलाई भोलीका दिनबाट हामीले गर्नुपर्ने भो’, प्रधान कार्यायका एक बढुवा सूचीमा नअटाएका एक अधिकृतले बताए ।

उता एसपी थापालाई पुरस्कारस्वरुप जुनियर हुँदा हुँदै प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डलाई र भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउन भूमिका खेलेको भन्दै बढुवाको लागि सिफारिस गरिएको प्रहरी सर्कलमा चर्चा छ । एसपी थापाको बढुवालाई नै मुख्य आधार बनाएर अर्का एसपी उप्रेतीले राजीनामा दिएका हुन् । उप्रेती १० फागुन २०७१ मा डिएसपीबाट एसपीमा बढुवा भएका अधिकृत हुन् भने थापा ८ साउन २०७२ मा बढुवा भएका थिए । उप्रेतीसँगै बढुवा भएका १७ जना एसपीहरूलाई बढुवा नदिएर जुनियर एसपी थापाको बढुवा भएपछि प्रहरी संगठनमा चरमा निराशा छाएको छ ।
 
एसपी थापालाई पुरस्कारस्वरुप जुनियर हुँदा हुँदै प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डलाई र भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउन भूमिका खेलेको भन्दै बढुवाको लागि सिफारिस गरिएको प्रहरी सर्कलमा चर्चा छ । एसपी थापाको बढुवालाई नै मुख्य आधार बनाएर अर्का एसपी उप्रेतीले राजीनामा दिएका हुन् । 

थापा २०७१ मै बढुवा हुन शक्तिकेन्द्र धाएका थिए तर त्यतिखेर समय अनुकुल नभएको कारण उनको सपना साकार हुन सकेन । तत्कालिन बढुवामा नपरेपछि एसपी थापाले सामाजिक सन्जाल फेसबुकमै सतीले सरापेको देश भन्दै तत्कालिन संगठन प्रमुख र सरकारको आलोचना गरेका थिए ।
टेकप्रसाद तामाङभीम ढकाल र दीपक थापा एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन् । त्यसो त २०४९ सालका नबराज भट्टउमाशंकर पन्जियार तथा २०५१ सालमा प्रबेश गरेका भरत बोहरारवीन्द्र केसीलगायत १७ जनालाई पछाडि पारेर २०५२ सालका थापा लगायत भीम ढकालटेक तामाङलाई बढुवा गरेर मुल्यांकनकै धज्जी उडाइयो । एसपी थापालाई बढुवा गर्नकै लागि नियमावली नै परिवर्तन गरी चार वर्षबाट तीन वर्षमा झारिएको थियो ।

६ महिना जुनियरलाई बढुवा दिएर एसपी कुबेर कठायतसहित भरत बोहरासुदीप गिरीकेदार ढकालराजेन्द्र विष्टराजेश बास्तोलाजनक भट्टराईदुर्गा सिंहकिरण राणाकृष्ण महतलालमणि आचार्यविष्णु केसीलगायतलाई छुटाईयो ।

डिएसपी बढुवामा पनि यसपटक चरम राजनीति भएको छ । आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका डिएसपीहरू नै बढुवामा छुटेका छन् भने १ सय १४ को टोलीको भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषि कँडेल दोस्रो नम्बरमा थिए ब्याचका १२ जना बढुवा हुँदा पनि उनीहरू भने छुटेका छन्

आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा ४४औँ नम्बरकी रञ्जु सिग्देल४०औँ नम्बरका जनार्दन जिसी३७औँ नम्बरका कमल थापा३१औँ नम्बरका प्रकाश रानाभाट३०औँ नम्बरका नवराज अधिकारीलाई बढुवा गरिएको छ । डिएसपी सिफारिसमा परेका अधिकारी प्रहरी संगठनमा भ्रष्ट प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । डिएसपीबाट एसपीमा बढुवा हुनेमा प्रचण्डका पूर्वअंगरक्षक तथा हाल दरबारमार्ग बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्ल पनि छन् । उनीहरूलाई पनि खुमलटारको दबाबमा बढुवा गरिएको बताइन्छ ।

Post a Comment

0 Comments