Subscribe Us

चट्याङका कारण पिकनिक गएका ६ विद्यार्थी घाइते


भक्तपुर वनभोज मनाउन शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका७ घ्याम्पेडाँडा गएका त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । 

वनभोज कार्यक्रम भइरहेका बखत परेको वर्षासँगैको चट्याङमा परेर स्याङ्जा कालीगण्डकी गाउँपालिका४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, मोरङ कोसीदरैचा नगरपालिका४ घर भई कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, ओखलढुङ्गा रुम्जाटार घर भई त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ, कैलाली गौरी नगरपालिका१ का २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का रहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते सबैको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

0 Comments