Subscribe Us

अहिलेसम्मकै ठूलाे परिमाणको ब्राउनसुगर पक्राउ, १० ग्रामसहित छ पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालयले जनाएको छ ।

त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ ।

प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

Post a Comment

0 Comments