Subscribe Us

प्रजातान्त्रिक पार्टी काँग्रेसमा बोल्न नपाउनु दुःखद : जीपी फाउण्डेशन अध्यक्ष घिमिरे




काठमाडौँ, १६ फागुन । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले प्रजातान्त्रिक पार्टी काँग्रेसमा बोल्न नपाउनु दुःखद भएको बताउनुभएको छ ।

पार्टीका नेता शेखर कोइरालालाई लक्षित गर्दै पार्टी सभापति शेरबहादुर देउवाले गरेको भाषणप्रति लक्षित गर्दै अध्यक्ष घिमिरेल ेसाउथ एशियाको पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसमा बोल्न नपाउनु विधिको शासन विपरीत भएको बताउनुभयो ।

“कोइरालाको योगदानका कारण आज पार्टी यस अवस्थामा आएको छ, कोइरालाले पार्टी बचाउनका लागि गरेको सम्बोधनलाई सभापतिले कोइरालाविरुद्ध भाषण गर्नु कत्तिको जायज हो,”–उहाँले प्रश्न गर्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतको उदाहरण दिँदै भारतमा राहुल गान्धीको इतिहास पार्टीमा नहुँदा नहुँदै पनि पार्टीलाई समयअनुसार सफल नेतृत्व दिएको बताउनुभयो ।
उहाँले पहिलेको समयमा ६० देखि ६५ प्रतिशत जनताले पार्टीको सदस्यता लिएपनि पछिल्लो समय सदस्यता घट्नु नेताहरुको कमजोरी भएको उल्लेख गर्नुभयो ।

विधानको अवहेलना गर्नु, क्रियाशिल सदस्यको सहि मूल्याङ्कन नहुनु, आफ्नो क्षेत्रभन्दा केन्द्रमा नै मोजमस्ती गरेर रमाउनु, उम्मेद्वार छनोट गर्दा पार्टीप्रति गरेको लगनशीलता र देन नहेरीकन पैसामा विक्नुलगायतका गल्तीले पार्टी यस अवस्थामा पुगेको अध्यक्ष घिमिरेको भनाई छ ।

Post a Comment

0 Comments