काठमाडौं । टोखामा भएको एक हत्या मुद्दामा महानगरीय प्रहरी बृत्त महाराजगञ्ज २३ लाख काण्डमा मुछिएको छ । १ पुस, २०७५ मा टोखामा अजिता मल्ल शाहीको हत्या भएपछि अनुसन्धानमा जुटेको महाराजगञ्ज प्रहरीले पीडकको पक्षबाट मुद्दा कमजोर बनाएर अदालतबाट छुटाउन सहज बनाईदिने भन्दै २३ लाख असुलेको सम्बन्धित पक्षले आरोप लगाएपछि महाराजगञ्ज वृत्त २३ लाख काण्डमा मुछिएको हो ।
उक्त हत्याको आरोपीलाई भोलीपल्ट बिहानै महानगरीय अपराध महाशाखाले पक्राउ गरेर थप अनुसन्धानको लागी महाराजगञ्ज वृत्तलाई जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा आरोपितको श्रीमान् तथा हत्या भएकी अजिता मल्लको प्रेमी मानिएको धर्मराज शाहीले जेठी सासुनाता पर्ने भगवती मल्ललाई घटनाको जिम्मा लिने भन्दै पुस २ देखी ३० गतेसम्म वृत्तका ईन्स्पेक्टर भण्डारीसँग मिलेर मानसिक तनावसम्म दिने गरेको पीडक पक्षका एक नातेदारले बताएका छन् ।
ईन्स्पेक्टर भण्डारीको प्रभावमा परेर राजबहादुर शाहीले जेठानको जेठीसासु कमला खरेल भण्डारीलाई दश लाखको चेक, दश लाख नगद र पटक–पटक गरेर तीन लाख नगद गरी जम्मा २३ लाख दिएका थिए । उनले उक्त पैसा लण्डनमा रहेको नाताले जेठानी पर्ने दमन्ता खरेलसँग मगाएका थिए ।
ईन्स्पेक्टर भण्डारीको प्रभावमा परेर राजबहादुर शाहीले जेठानको जेठीसासु कमला खरेल भण्डारीलाई दश लाखको चेक, दश लाख नगद र पटक–पटक गरेर तीन लाख नगद गरी जम्मा २३ लाख दिएका थिए । उनले उक्त पैसा लण्डनमा रहेको नाताले जेठानी पर्ने दमन्ता खरेलसँग मगाएका थिए । तर, हत्या अभियुक्त चार जनालाई नै जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि घुस प्रकरणको रहस्य खुलासा भएको हो ।
सुरुमा भेट्न आनाकानी गरेका भण्डारीले शाहीलाई बृत्तमा नभेटी बाहिर भेटेका थिए । सो भेटमा आफूले पैसा नखाएको खाएको प्रमाणित भए झुण्डिएर मर्ने भन्दै कमलालाई पक्राउ गर्ने भण्डारीले बताएका थिए ।
सुरुमा भेट्न आनाकानी गरेका भण्डारीले शाहीलाई बृत्तमा नभेटी बाहिर भेटेका थिए । सो भेटमा आफूले पैसा नखाएको खाएको प्रमाणित भए झुण्डिएर मर्ने भन्दै कमलालाई पक्राउ गर्ने भण्डारीले बताएका थिए ।
भेटघाटको क्रममा कमलाले पैसा लिएको बैंक स्टेट्मेन्टसमेत शाहीले देखाएका थिए । भण्डारीले तत्काल कमलालाई पक्राउ गर्ने आश्वासन दिए पनि उनी आफैँ ६ दिनपछि बिदामा बसेका थिए ।
कमलालाई खोज्नु त परै जाओस् लोकन्थलीबाट डेरा सर्न लगाएर गायब बनाएको आरोपसमेत यतिबेला ईन्स्पेक्टर भण्डारीलाई लागेको छ । भण्डारीको नियतमा शंका लागेपछि शाही वृत्तका डिएसपी फणिन्द्र प्रसाईको शरणमा पुगे । तर डिएसपी प्रसाईले सबै प्रमाण हेरे पनि उक्त २३ लाख काण्डलाई हल्का रुपमा लिँदै उल्टै ढाकछोप गर्न खोजेपछि उक्त काण्डमा डिएसपी प्रसाईकोसमेत मिलोमतो रहेको पुष्टी हुन्छ ।
२३ लाख काण्डको हल्ला काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने योजनामा लागेका छन् । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए ।
२३ लाख काण्डको हल्ला काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने योजनामा लागेका छन् । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए । उक्त घटनाको जानकारी आईजी सर्वेन्द्र खनालको कानमा पुगेपछि महानगरीय आयुक्त कार्यालयले इन्स्पेक्टर भण्डारीलाई सोमबार दिउँसो आयुक्त कार्यालयमा तानेर छानबिन सुरु गरेको छ ।
0 Comments