Subscribe Us

सन्दीपले पुर्याए मेलबर्नलाइ सेमिफाइनलमा, ३ विकेटसहित अन्य २ विकेटमा सन्दीपको हात

मेलबर्न । अष्ट्रेलियामा जारी बिग बास अन्तर्गतको आफ्नाे अन्तिम लिग खेलमा फराकिलो जितसहित नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेको मेलबर्न स्टार्रस टिम सेमिफाइनल पुगेको छ ।

आइतबारसम्पन्न खेलमा सन्दीपको टिमले सिड्नी सिक्सर्सविरुद्ध ९४ रनको जित हात पारेपछि सेमिफाइनल प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको मेलबर्न स्टारर्सले कप्तान ग्लेन म्याक्वेलको विस्फोटक ८२ रनको मद्दतले १ सय ६८ रन बनाएको थियो ।

उक्त टार्गेट पछ्याउने क्रममा सिक्सर्सले १३.४ ओभरमा सबैविकेट गुमाउँदै ७४ रन मात्र बनाउन सफल भयो । मेलबर्न स्टार्रस्का लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा ११ रन दिएर ३ विकेट हात पार्नुका साथै १ रन आउट र एउटा क्याच लिएका थिए ।


अब सन्दीपको मेलबर्न  टिमले अागामी बिहीबार भ्यालेन्टाइन डेको दिन होबर्ट हुरिक्यानसँग सेमिफाइनल खेल खेल्ने भएको छ ।

Post a Comment

0 Comments