Subscribe Us

काँग्रेस सांसद दवाडी गाउँको सेवामा व्यस्त



काठमाडौँ, १० फागुन । तपाईँलाई सुन्दा अचम्म लाग्ला, जोकोही जनप्रतिनिधीहरु चुनाव जितेपछि अर्को चुनाव नआउन्जेल गाउँमा जाँदैनन् ।

गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडी भने निर्वाचन जितेपछि प्राय गाउँको सेवामा नै व्यस्त छन् । विस २०७४ सालमा भएको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडी यतिबेला गाउँमा नै छन् ।

ग्रामिण क्षेत्रमा हुने हरेक मेला पर्व र गाउँमा भएका वृद्धवृद्धालाई भेट्दै अहिले गाउँमा पुगेका छन् । “मलाई यीनै गाउँका जनताले भोट हालेर सांसद बनाएका हुन् गाँउको सेवा गर्नु मेरो दायित्व हो,”–उनी भन्छन् ।

सांसद दवाडीको निर्वाचन क्षेत्र उत्तरी गोरखाका सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिका हो । उहाँले निर्वाचन जितेपनि आफुले पाउने सेवा सुविधा समेत गाउँको सेवामा खर्च गर्दै आउनुभएको छ ।

सांसद दवाडीले यहि फागुन ८ गते सुलिकोट गाउँपालिका–४  सौरपानीको घुन्चोकमा आयोजित श्री बराह महापुराणमा मात्र व्यक्तिगत तर्फबाट रु ५१ हजार १०० आर्थिक सहयोग गर्नुभएको छ । उक्त क्षेत्रमा रहेको विशाल ताल संरक्षणका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Post a Comment

0 Comments