Subscribe Us

नैनसिंह महरसहित ६ विद्यार्थी नेता पक्राउ


काठमाडाैं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरलाई मंगलबार दिउँसो राजधानीको बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । उनी सहित नेविसंघका नेताहरूला सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघ कास्की पोखराका कार्यकर्तालाई प्रहरी, प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महरसहित उपसभापति नवीन राईलगायत छ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।

गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए। सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन् । उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन् ।


Post a Comment

0 Comments