Subscribe Us

नेपाल प्रहरीमा डाक्टर, इन्जिनियरको विज्ञापन (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक तर्फको १ सय २३ जनाको विज्ञापन प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा सोमबार निकालिएको विज्ञापनमा प्राविधिक तर्फको प्रहरी नायव उपरीक्षक (डीएसपी) सम्मको पदका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरीले प्राविधिक तर्फको नेपाल प्रहरी अस्पतालतर्फ डाक्टर, फिजियोथेरापिस्ट, डेन्टिस्ष्ट, स्टाफ नर्स, ल्याब असिष्टेन्सलगायत, सञ्चार निर्देशनालयतर्फ इन्जिनियर, सूचना प्रविधि निर्देशनालय तर्फ केही इन्जिनियरहरु, भौतिक पूर्वाधारतर्फ सिभिल इन्जिनियर, सवारी महाशाखातर्फ अटोमोबाइल इन्जिनियर, केनाइन महाशाखातर्फ भेटेनरी डाक्टर, हातहतियार मर्मत शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालातर्फ विभिन्न पदहरुमा आवश्यक जनशक्तिहरुको विज्ञापन गरेको छ ।





Post a Comment

0 Comments