Subscribe Us

विद्यालयमा हतियारसहित तीन पक्राउ


धादिङ । जिल्ला प्रहरी कार्यालयको एक टोलीले उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका५ मण्डली मावि परिसरबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । उनीहरू विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा खानतलासी गर्दा हतियारसहित पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ छन् । 

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ । 

Post a Comment

0 Comments